title stringlengths 10 138 | summary stringlengths 17 955 | text stringlengths 111 16.8k |
|---|---|---|
वायुप्रदूषण: धुलोमुक्त काठमाण्डू कति सम्भव | विश्व स्वास्थ्य सङ्गठनको एउटा अध्ययनका अनुसार नेपाल र भारत दक्षिण-पूर्वी एशियाली क्षेत्रमा वायुप्रदूषणको अग्रसूचीमा रहेका छन्। | गत वर्ष सार्वजनिक भएको सो प्रतिवेदनमा अध्ययन भएका ११ देशमध्ये नेपाल र उत्तर कोरियामा वायुप्रदूषणका कारण हुने मृत्युको सङ्ख्या नेपाल र उत्तर कोरिया उच्च रहेको जनाइएको छ। नेपालको राजधारी रहेको काठमाण्डू उपत्यकामा सवारीसाधनबाट उत्पन्न धुवाँ र धुलोका कारण वायुप्रदूषण उच्च रहेको छ। वायुप्रदूषणका कारण छाला, आँखा, श्वासप्रश्व... |
'बस्ती सार्ने भन्दा रकम दिनेमा जोड' | एकीकृत बस्ती बसाएर जोखिमयुक्त स्थानमा बसिरहेका भूकम्पपीडितलाई स्थानान्तरण गर्नुभन्दा जग्गा किनिदिने वा जग्गा किन्न पैसा दिने विकल्पमा बढी केन्द्रित गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। | बस्ती स्थानान्तरण गरिँदा सडक, बिजुलीदेखि अस्पताल र विद्यालयसम्मको व्यवस्था गर्न चुनौती देखिएकोले आफैँ सर्न चाहनेलाई २ लाख रूपैयाँ दिने योजना अगाडि सारिएको अधिकारीहरू बताउँछन्। भूकम्प प्रभावित विभिन्न जिल्लामा झण्डै ४ हजार परिवार अझै जोखिमपूर्ण बस्तीमै रहेको भन्दै सरकारको आलोचना हुँदै आएको छ। भूकम्पपछि प्राधिकरणले गठन ग... |
कोरोना भाइरसः इन्डोनेशियाको जाभास्थित एउटा गाउँमा मानिसहरूलाई घरभित्रै राख्न 'भूत'को भेषमा स्वयंसेवक | इन्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एकअर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयंसेवकहरू परिचालित भएका छन्। | पोकोङको भेषमा दुई स्वयंसेवकहरू गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा ती स्वयंसेवकहरू गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन्। इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने 'पोकोङ' बन्ने उल्लेख छ। पोकोङहरू डरलाग्दा हुन्छन्। स्वयंसेवकहरूले त्यस्तै भेषधारण गरेका हुन्। इन्डोनेशियामा झन्डै ४,५०० जनामा... |
देब्रे हात प्रयोग गर्नेहरू किन कम | हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन्। तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन्। कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको। | हामी बच्चालाई दाहिने हातको प्रयोग गर्न सिकाउँछौँ किनकि मान्छेहरूले त्यही हातको बढी प्रयोग गर्छन्। तर त्यसको बावजुद केही बच्चाहरू देब्रे हातकै प्रयोग गर्छन्। यदि तपाईँको बच्चाले पनि त्यस्तो गर्छ भने त्यसो गर्ने ऊ एक्लो होइन। त्यस्ता धेरै बच्चा छन् जसले देब्रे हातको प्रयोग गर्छन्। हुन त संसारमा देब्रे हातको प्रयोग गर्नेह... |
उत्तर कोरियाली नेता किम जङ अनको तीन दिने चीन भ्रमण सुरु | उत्तर कोरियाली नेता किम जङ अनले चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण सुरु गरेका छन्। | उत्तर कोरियाली नेता किम जङ अन चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा चीन भ्रमण गर्दैछन्। उत्तर कोरियाली सञ्चार माध्यमले सो कुराको पुष्टि गरेको हो। उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जाँदै गरेको हुनसक्छन् भन्ने सोमबारको हल्लापछि यो समाचार आएको हो। उनी जनवरी ७ देखि १० सम्म उनकी पत्नी रि सोल जुसँग चीनमा हुने ... |
हङ्कङ तनाव: चीनलाई हङ्कङ हस्तान्तरण भएको २२ पूरा, वार्षिकोत्सव मनाइरहँदा प्रहरीसँग झडप | चीनलाई हङ्कङ हस्तान्तरण गरिएको २२औँ वार्षिकोत्सव मनाइँदै गर्दा हङ्कङमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको छ। | वर्षगाँठका समारोह त्यहाँ भएका हिंसात्मक विरोध प्रदर्शनहरूका कारण प्रभावित भएका छन्। प्रदर्शनकारीहरूले त्यहाँको विधायिकी परिषदको भवनमा जबरजस्ती पस्ने प्रयास गरेका थिए। नाली सफा गर्ने ठानिएको तरल पदार्थले छ्यापिदिएपछि १३ जना प्रहरी अस्पताल भर्ना भएका छन्। हजारौँ प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास तथा लाठी... |
सामाजिक सुरक्षा योजना: को समेटिने, को नसमेटिने | आज मंसिर ११ गतेदेखि सरकारले बनाएको 'योगदानमा आधारित सामाजिक सुरक्षा योजना' कार्यान्वयनमा आएसँगै श्रमिकहरू बिरामी वा दुर्घटनामा पर्दा तथा सुत्केरी हुँदा रोजगारदाताबाट विभिन्न किसिमका सुविधा पाउने अधिकारीले बताएका छन्। | ठूलो संख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनाले नसमेट्ने जानकारहरूको भनाइ छ। त्यसका निम्ति श्रमिक र रोजगारदाताले निश्चित रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ। तर ठूलो सङ्ख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई उक्त योजनाले नसमेट्ने देखिएको छ। श्रमिकका हकअधिकार सुनिश्चित गर्ने संवैधानिक प्रावधान... |
लाटोकोसेरो चोरीको अनौठो कारण | स्कटल्याण्डको लुइस टापुमा त्यो रात आँधी चलिरहेको थियो। स्थानीय डोनल्ड म्याकलिओड सदाझैँ बिहान आफ्नो घरपालुवा चरालाई हेर्न बाहिर निस्के। | तर त्यो बिहान उनी चराको पिँजडा नजिक पुग्दा त्यसको छाना उखेलिएको थियो। डोनल्डले राम्रोसँग नियाल्दा कसैले पिँजडाको छाना उखेले जस्तो देखियो र त्यहाँ स्क्याम्प नामक उनको लाटोकोसेरो थिएन। डोनल्डले बाज र अरू पंक्षी पालनबारे प्रशिक्षण लिएका छन्। दुःखी उनी एउटा रेष्टुराँ चलाउँछन् जहाँ मान्छेहरू खाजा र खाना खानुका साथै आफ्ना बच... |
कोरोना भाइरस अमेरिका: अहिलेसम्मकै दैनिक सर्वाधिक कोरोनाभाइरस सङ्क्रमण पुष्टि | अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउँदा एकैदिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ। | अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अमेरिकाका सर्जन जनरल जेरोमी एडम्सले अस्पतालमा भर्ना हुने सङ्ख्या बढिरहेको चेतावनी दिएका छन्। तर बिरामी ज्यान गएको दर भने राम्रो ... |
अमेरिकामा १२ रुसी गुप्तचरविरूद्ध अभियोग | अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएपछि अमेरिकी राष्ट्रपति कार्यालयले त्यसले राष्ट्रपति ट्रम्प र पुटिनबीच हुने शिखर बैठकलाई जोखिममा नपार्ने बताएको छ। | मस्कोले १२ जना रुसीविरूद्ध लगाइएका आरोपले आगामी साता हेलसिन्कीमा हुने शिखर बैठक रोक्ने उद्देश्य राखेको प्रतिक्रिया दिएको छ। तर राष्ट्रपति ट्रम्पकी एकजना प्रवक्ता सेराह सेन्डर्सले उक्त बैठक पूर्वनिर्धारित समयमै हुने बताएकी छन्। ती रुसीहरूलाई एउटा सफ्टवेयरको प्रयोग गरी डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समितिका अध्यक्षविरु... |
सबैभन्दा कम उमेरमा विश्वविद्यालयको अध्ययन पूरा गरेका नौ वर्षीय बालक भन्छन्: “मैले कसरी यसो गरेँ थाहै छैन” | उनी प्राथमिक विद्यालय जाँदा चार वर्षका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू माध्यमिक कक्षामा पढ्दै गर्दा लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन्। | त्यो पनि नौ वर्षको उमेरमा। बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए। छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए र छ वर्षको पढाइ १८ महिनामा पूरा गरे। त्यसपछि छोटो समय विश्राम लिन उनले आठ वर्षको उमेरमा उनले छ महिना घरमै बिताए। आठ महिना... |
रूपवतीको मान्यता भत्काउँदै कोरियाली महिला | दक्षिण कोरियाली युट्युव स्टार लिना बेले अनुहारमा मेकअप गर्न सिकाउने भिडिओहरूको सट्टा मेकअप हटाएको भिडिओ युट्युबमा राख्न थाल्दा केही नकारात्मक टिप्पणीहरूको अपेक्षा गरेकी थिइन्। | तर ज्यान मार्ने धम्की नै आउलान् भन्ने उनलाई पटक्कै लागेको थिएन । २१ वर्षीया लिनाले निकै विचार गरेर मात्रै त्यस्तो निर्णय लिएकी थिइन्। सधैँजसो सिँगारपटार गर्न सिकाउने व्यक्तिले शृङ्गार नगर्ने बानीलाई प्रोत्साहन दिने गरी भिडिओ पोस्ट गर्दा कसैले दोधारे मान्छे भन्लान् कि भन्ने चिन्ता पनि उनलाई लागेको थियो। र, उनलाई अब विन... |
म्यान्मार: नेत्री आङ सान सू ची सेनाद्वारा 'गिरफ्तार | म्यान्मारको सत्तारूढ दल न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) की नेत्री आङ सान सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। | सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सीट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ। सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ। अन्... |
बलात्कार पीडितलाई क्षतिपूर्ति दिन माग | सशस्त्र द्वन्द्वका बेला बलात्कृत भएका महिलाहरूको यकिन तथ्याङ्क राज्यसँग अहिलेसम्म पनि नभएको भन्दै उनीहरूको पहिचान गरी उपाचार लगायतको क्षतिपूर्ति दिन पीडितहरूको समूहले आह्वान गरेको छ। | ती मागसहितको परिपूरणपत्र उनीहरूले सरकारलाई बुझाएका छन्। सत्य निरूपण तथा मेलमिलाप आयोगले चाहिँ क्षतिपूर्ति समेटिने परिपूरणको नीति बनाउने तयारी गरिरहेको जनाएको छ। १० वर्षे सशस्त्र द्वन्दका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट महिलामाथि गम्भीर प्रकृतिका यौनहिंसा भएका केही घटनाहरू मात्रै बाहिर आएको बताइन्छ। दीर्घकालीन यस्त... |
थाईल्यान्डको न्यायिक प्रणालीको आलोचना गर्दै न्यायाधीशले अदालतभित्रै आफूलाई गोली हाने | थाईल्यान्डमा एक न्यायाधीशले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतभित्र आफैँलाई गोली हानेका छन्। | शुक्रवार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश कनिकन फिएन्चनाले पाँच मुस्लिम पुरुषहरूलाई सफाइ दिएका थिए। न्यायपालिका निष्पक्ष हुनुपर्ने भन्दै न्यायिक शपथ वाचन गरेका ती न्यायाधीशले अकस्मात् पेस्तोल निकालेर आफ्नो छातीमा गोली हानेका थिए। तर ती न्यायाधीशको ज्यान जोगियो। उनी अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गर्दैछन्। आफ्... |
नेपाली कांग्रेस: धर्मनिरपेक्षता र हिन्दूराष्ट्रबीचको खिचातानी कहाँ पुग्ला | महासमिति बैठकको अघिल्लो दिनसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूबीच धर्मका मामिलामा पार्टीको लाइन के हुने भन्ने विषयमा मतैक्य हुन सकेन। | त्यसलाई पार्टीकै नेताहरू धर्मनिरपेक्षता र हिन्दूराष्ट्रबारे पार्टीभित्र रहेको फरक-फरक दृष्टिकोणको परिणाम ठान्छन्। जसका कारण महासमिति बैठकमा प्रस्तुत गरिने महत्त्वपूर्ण दस्तावेजहरू केन्द्रीय समितिबाट पारित भएनन्। विवाद पार्टी उपसभापति विमलेन्द्र निधि देशले हासिल गरेका पछिल्ला राजनीतिक उपलब्धि आत्मसात गर्दै अगाडि बढ्नुपर... |
प्रतिनिधिसभा विघटन: मुद्दाको सुनुवाइ संवैधानिक वा बृहत् पूर्ण इजलास कुनले गर्दा उचित? | प्रतिनिधिसभा विघटनसम्बन्धी करिब १ दर्जन रिटको सुनुवाइ पुष २२ गते देखि निरन्तर रूपमा हुने भनिएको भए पनि एक सातापछिको समयका लागि पेसी तोकिएको छ। | आगामी पौष २९ गतेका लागि तोकिएको संवैधानिक इजलासमा उक्त संवैधानिक जटिलताको निरूपण गर्नुपर्ने मुद्दा कुन इजलासले हेर्ने भन्ने विषयमै केन्द्रित हुने बहसमा सहभागी वकिलहरू बताउँछन्। गत साता बुधवार भएको बहसमा पनि रिट निवेदकतर्फका वकिलहरूले उक्त विषयमाथिको छलफल ९ वा ११ वा १३ जना न्यायाधीश रहने बृहत् पूर्ण इजलासबाटै हुनुपर्ने ... |
मृत बच्चा बोकेर १७ दिनसम्म भौँतारिई यो माउ ह्वेल | एउटा किलर ह्वेलले आफ्नो मृत नवजात बच्चा लिएर समुद्रमा १७ दिनसम्म भौँतारिएको र त्यसक्रममा उसले १६ सय किलोमिटरको यात्रा तय गरेको वैज्ञानिकहरूले बताएका छन्। | मृत बच्चालाई मुखमा च्यापेकी यो माउ किलर ह्वेललाई जुलाई २४ मा पहिलो पटक देखिएको थियो क्यानडाको भ्यान्कुभर टापुपारिको हारो क्षेत्रमा त्यो माउ किलर ह्वेलले आफ्ना साथीहरूसँगै मिलेर साल्मन माछाको ठूलो समूहलाई तीव्र गतिमा लखेटेको ह्वेल अनुसन्धान केन्द्रले जनाएको छ। त्यो केन्द्रले शनिवार एक विज्ञप्तिमा भनेको छ, "उसको शोकको या... |
चन्द्रमामा मानव पाइला: अमेरिकी अभियानबारे विद्यमान षड्यन्त्रका सिद्धान्तको भण्डाफोर | सन् १९६९ को जुलाई महिनामा पहिलो पटक चन्द्रमामा मानवले पाइला टेकेको दृष्यको प्रसारण संसारभरि दशौँ लाख मानिसले हेरेका थिए। | अपोलो ११ चन्द्रयान चन्द्रम नजिक पुग्दाको क्षण तर अहिले पनि मान्छेले चन्द्रमामा कहिल्यै पाइला नहालेको जिद्दी गर्ने मानिसहरू पनि छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विभिन्न सर्वेक्षणमा झन्डै पाँच प्रतिशत अमेरिकीहरूले चन्द्रमामा पाइला टेकेको भन्ने कुरा नक्कली थियो भन्ने विश्वास गर्ने गरेको पाइएको छ। यो सङ्ख्या सानो... |
'साना योजनालाई केन्द्र सरकारले बजेट नदिने' | सरकारले आगामी आर्थिक वर्षको बजेटमा सङ्घीयता कार्यान्वयनलाई प्राथमिकता दिने भन्दै स-साना आयोजनाहरूलाई केन्द्रबाट बजेट नछुट्याउने जनाएको छ। | संघ, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन सकिए पछिको पहिलो बजेटका लागि अर्थ मन्त्रालयले काम गरिरहेको छ। बजेटको सिद्धान्त र प्राथमिकताबारे संसद्लाई जानकारी दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले साना आयोजनाको काम प्रदेश र स्थानीय तहका सरकारले गर्ने हुँदा बरु तिनलाई स्रोतसाधन र जनशक्ति उपलब्ध गराइने बताए। प्रदेश तथा स्... |
नयाँ डिजेल, पेट्रोल साधन प्रतिबन्धको तयारी | वायु प्रदूषण नियन्त्रण गर्ने प्रयत्न स्वरुप डिजेल र पेट्रोलका नयाँ कार र भ्यानहरु सन २०४० देखि प्रतिबन्धित गर्ने योजना ब्रिटिश सरकारले घोषणा गर्न लागेको छ। | ब्रिटेनमा वायु प्रदूषण नियन्त्रण गर्न सरकारले नयाँ रणनीति सार्वजनिक गर्दैछ वायुको गुणस्तर सुधार्न कुल ३ अर्ब पाउण्ड खर्च गर्ने सरकारको योजना छ। उच्च अदालतको दिएको समयसीमा नजिकिँदै गर्दा ब्रिटिश सरकारले अदालतको आदेश बमोजिमको स्वच्छ वायु रणनीति पनि सार्वजनिक गर्दैछ। अभियानकर्ताहरुले नयाँ व्यवस्था आशलाग्दा देखिएपनि विस्तृ... |
तपाईँले फोनमा सुनिरहने आवाज कसको हो | फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ। | उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ। "तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही समयपछि पुन: डायल गर्नुहोला।" नेपाल टेलिकममा सुनिने यो स्वर अनुपमा कर्माचार्य श्रेष्ठको हो। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये ... |
कोरोना भाइरस नेपालः थप १०१ जनामा सङ्क्रमण, अर्का एक व्यक्तिको मृत्यु भएको पुष्टि | विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप १०१ व्यक्तिमा सङ्क्रमण पुष्टि र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। | अब देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,४४५ पुगेको छ। तीमध्ये ११,५३४ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। विगत २४ घण्टामा २८५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,... |
थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्री पदमा चुनाव लड्ने | अभूतपूर्व निर्णय लिदैँ थाईल्याण्डमा राजकुमारी उबोलरत्ना माहिडोलले प्रधानमन्त्रीको चुनाव लड्ने भएकी छन्। | सन् २०१० मा खिचिएको राजकुमारी उबोलरत्नाको तस्बिर थाई राजाकी ६७ वर्षिया दिदीले पूर्वप्रधानमन्त्री थाकसिन सिनावत नजिक रहेको दलबाट चुनाव लड्ने भएकी हुन्। यो निर्णयले थाई राजपरिवारको राजनीतिबाट टाढै रहने परम्परालाई तोडेको छ। थाईल्याण्डमा मार्च २४ गते प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। पाँच वर्षको सेनाको शासनपछि हुन लागे... |
भारतको पन्जाब राज्यमा विषाक्त मदिरा सेवनका कारण दर्जनौँ मानिसको मृत्यु | भारतको उत्तरी राज्य पन्जाबमा केही दिनयता विषाक्त मदिरा सेवन गरेका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। | अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले शनिवार १०० ठाउँमा छापा मारेर अवैध रूपमा मदिरा उत्पादन गर्न प्रयोग गरिने सामग्री जफत गर्दै २५ जनालाई पक्राउ गर्यो। केही दिनयता विषाक्त मदिराका कारण मृत्यु हुने मानिसको सङ्ख्या निरन्तर बढिरहेको छ। भारतमा अवैध तरिकाले उत्पादन गरिने तथा गुणस्तरहीन मदिराका कारण प्रत्ये... |
विषादी प्रयोगमा एग्रोभेटहरु पनि जिम्मेवार? | तरकारीमा जथाभावी विषादी प्रयोग हुनुमा चाहिएभन्दा बढी र निषेधित विषादी थमाउने कतिपय व्यवसायी अर्थात् एग्रोभेटको गैरजिम्मेवार र व्यापारमूखी व्यवहार जिम्मेवार भएको कतिपय कृषकहरुले आरोप लगाएका छन्। | तर विषादीको सही प्रयोगबारे सुझाए पनि अटेर गर्ने कृषकका कतिपय लान्छना अस्वीकार्य भएको विषादी व्यवसायीहरुको टिप्पणी छ। अधिकारीहरु भन्छन् कम मात्र कृषि प्राविधिक भएको नेपालमा पेशागत मर्यादाअनुरुप विषादी व्यवसायीले जिम्मेवारी निर्वाह गरेमा यो समस्या निकै हदसम्म नियन्त्रण हुन सक्छ। किसान किन विषादी प्रयोग गर्न वाध्य छन्? तर... |
ईश्वर पोखरेल र उपेन्द्र यादव उपप्रधानमन्त्री | नेकपा नेतृत्वको सरकारमा ईश्वर पोखरेल र उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएको छ। | रक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार शुक्रवार नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त संघीय समाजावादी फोरम नेपालका अध्यक्ष यादवलाई पनि उपप्रधानमन्त्री बनाइएको छ। प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रममा पोखरेल र त्यसपछिको तेस्रोमा यादव रहनेछ... |
किम-ट्रम्प वार्ता: अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धबारे गाँठो नफुक्दा कुनै सहमति हुन सकेन | अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विनासहमति टुङ्गिएको छ। | US President Donald Trump and North Korea's Kim Jong-un are meeting for a second day of talks. ट्रम्प र किम भियतनामको हनोईमा परमाणुनिरस्त्रीकरणबारे छलफल गर्न भेला भएका थिए। यो उनीहरूको दोस्रो शिखर वार्ता थियो। पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले प्रतिबन्धकै विषयमा कुरा नमिलेको बताए। उनले भने, "उनीहरू प्रतिबन्धहरू पूरै हट... |
कोरोना भाइरस नेपालः साउनमा सङ्क्रमण उत्कर्षमा पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, के भन्छन् विज्ञहरू | नेपालमा लगातार बढिरहेको कोरोनाभाइरस सङ्क्रमण साउन महिनाको अन्त्यतिर उत्कर्षमा पुग्ने आकलन गरिएको प्रधानमन्त्री केपी ओलीले जानकारी दिएका छन्। | तर विज्ञहरूले भने नेपालमा एक सङ्क्रमित व्यक्तिले कति जनालाई सारिरहेका छन् भन्ने स्पष्ट तथ्याङ्कको अभाव भएकाले अहिलेनै अनुमान गर्न कठिन हुने बताएका छन्। साथै प्रधानमन्त्रीको अनुमान सही हुनका निम्ति विदेशबाट आउनेहरूलाई राख्ने क्वारन्टीनको उचित व्यवस्थापन र समुदायमा सङ्क्रमण नफैलिन आवश्यक भएको उनीहरूको धारणा छ। केही साताअ... |
बालविवाह: अभिभावकको मागको विपक्षमा बाँकेका किशोरी | सोर्ह वर्षको उमेरमा छोरीको विवाह गरिदिन पाउनुपर्ने अभिभावकको मागप्रति बाँकेका किशोरीहरूले दुःख व्यक्त गरेका छन्। | मधेसी मूलका केही अभिभावकहरूले २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाइने कानुन आफ्नो संस्कारसँग मेल नखाने भन्दै १६ वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै साउनमा प्रदर्शन गरेका थिए। बालविवाह न्यूनीकरण गर्नका लागि आफूहरूले अभियान नै चलाइरहेका बेला केही अभिभावकको अभिव्यक्तिले चुनौती थपिदिएको उनीहरू बताउँछन्। अभिभावकहर... |
कोरोनाभाइरस: ‘यो वर्ष गरिब देशलाई ऋण तिर्न नपर्ने गराउ’ | कोरोनाभाइरस सङ्क्रमणले संसारभरिकै अर्थतन्त्र थिलथिलो हुँदै गएपछि विश्वका एक सयभन्दा धेरै संस्थाहरूले संयुक्त आह्वान गर्दै विकासोन्मुख देशहरूलाई यो वर्ष ऋण तिर्न बाध्य नपार्न विकसित देशहरूलाई आह्वान गरेका छन्। | नेपाललगायत विकासोन्मुख देशहरूले हरेक वर्ष अर्बौँ डलर ऋण तथा ब्याजका रूपमा विकसित देश तथा बहुपक्षीय वित्तीय संस्थाहरूलाई तिर्ने गर्छन्। अत्यावश्यक खर्च गर्न रकम आवश्यक विश्वका अग्रणी परोपकारी संस्थाहरू अक्सफाम तथा एक्सनएड इन्टर्न्याश्नलले यस वर्ष ऋण माफीको माग गरेका छन् जसले ती देशहरूका निम्ति अन्य अत्यावश्यक काममा खर्च... |
कोरोना भाइरस खोप: ब्रिटेनले खोप अनुमति दिएपछि युरोपमा राजनीतिक तरङ्ग किन | जर्मन-अमेरिकी कोरोनाभाइरस खोपको प्रयोगका निम्ति ब्रिटेनले अनुमति दिएपश्चात् त्यसले युरोपभरि राजनीतिक तरङ्ग उत्पन्न गरिदिएको छ। | युरोपेली युनियनका नियामक निकायले अझै उक्त खोपका आँकडा अध्ययन गरिरहेको छ। अमेरिकी फाइजर तथा जर्मन बायोएनटेक कम्पनीको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएसँगै आममानिसमा खोप प्रयोग गर्ने ब्रिटेन पहिलो देश बनेको छ। ब्रेक्जीटको कारण? कतिपय ब्रिटिश मन्त्रीले ब्रिटेनले छिटो अनुमति दिन सक्नुका पछाडि ब्रेक्जीट पनि एउटा कारण भएको... |
कोरोनाभाइरस: 'टीभी हेरेर मलाई सङ्क्रमण भएको थाहा पाएँ' | "मलाई थाहा थिएन के भइरहेको छ। मैले चिकित्सकलाई सोध्दा उनीहरूले सबै ठीक छ भने," उनले भनिन्। | उनी दक्षिण भारतीय राज्य केरलाकी चिकित्साशास्त्र अध्ययनरत २० वर्षीया युवती हुन् जो भारतको पहिलो कोरोनाभाइरस सङ्क्रमित व्यक्ति हुन्। रफियाले (परिवर्तित नाम) बीबीसीसँग कोरोनाभाइरसबाट बचेको कथा सुनाएकी छन्। उनी एउटा अस्पतालमा अन्य चार जनासँगै साथ भर्ना भएकी थिइन् तर उनीहरू सबै निको भएर घर फर्किए। उनी भन्छिन्, "तर मेरो परीक... |
सभामुख-उपसभामुखबारे सत्तापक्ष र प्रतिपक्षबीच मतभेद | सभामुख र उपसभामुख चयन गर्ने बेला फरक दलको भएपनि दुई वाम पार्टी एक भएपछि अब ती पदमध्ये एउटा अर्को दललाई दिने वा नदिने भन्ने विषयमा विवाद गहिरिँदै गएको छ। | आइतवार उक्त मुद्दा संसदमै उठाएको विपक्षी कांग्रेसले पार्टी एकीकृत भइसकेको अवस्थामा सभामुख वा उपसभामुखमध्ये एक जना बदल्नुपर्ने बताएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चाहिँ सभामुख र उपसभामुख चयन गर्दा फरक-फरक दलमा रहेको र दुवैले दलीय हैसियत त्यागिसकेको तर्क गर्दै कांग्रेसको माग नमान्ने संकेत दिएको छ। कतिपय... |
भारतद्वारा 'लचिलो' लगानी सन्धिको प्रस्ताव | द्विपक्षीय लगानी संरक्षणसम्बन्धी अघिल्लो विवादास्पद बिप्पा सम्झौता निष्क्रिय भएपछि भारतले प्रस्ताव गरेको नयाँ सन्धिलाई आगामी असोजसम्ममा टुङ्गो लगाइने अधिकारीहरूले बताएका छन्। | विगतको तुलनामा नयाँ प्रस्तावमा क्षतिपूर्ति लगायतका विषयमा भारत लचिलो बनेको बताइएको छ। लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा)मा भारतसँग सहमति भए पनि चर्को विवाद निम्तिएपछि त्यो कार्यान्वयन हुन सकेको थिएन। नेपाललाई लगानी चाहिएको अवस्थामा भारतबाहेक चीन, बांग्लादेश, कतार, मलेसिया लगायतका मुलुकले लगानी गर्ने इच्छा व्... |
आसामका नेपालीभाषी यसकारण दिल्ली पुगे विरोध प्रदर्शन गर्न | आसामसहित पूर्वोत्तर भारतका नेपालीभाषी गोर्खाहरूले भारतको नयाँ नागरिकता विधेयक र राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को विरोध गर्दै राजधानी दिल्लीमा बिहीवार धर्ना तथा प्रदर्शन गरेका छन्। | दिल्लीमा प्रदर्शन गर्दै नेपालीभाषीहरू अखिल आसाम गोर्खा छात्र संघ (आग्सु)को आयोजनामा पूर्वोत्तर भारतका नेपालीभाषीहरूले दिल्लीमा बिहीवार धर्ना तथा प्रदर्शन गरेका हुन्। उनीहरूले आसाममा गत अगस्ट अन्तिम साता सार्वजनिक भएको एनआरसीको अन्तिम सूचीमा छुटेका करिब एक लाख नेपालीभाषीलाई समेट्नु पर्ने, नेपालीभाषीलाई आदिवासीको दर्जा द... |
पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्मान-सुरक्षा नैतिक कर्तव्य, सानो चित्त गर्नुहुँदैन: कृष्णप्रसाद सिटौला | पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले दिएको नागार्जुन आवास खोस्ने चेतावनी कतिपय नेताहरूले दिने गरेको प्रसङ्गमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सानो चित्त गर्न नहुने टिप्पणी गरेका छन्। | संविधानसभाले गणतन्त्र घोषणा गरेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पूर्वराजाको निम्ति नागार्जुन दरबार आवासको रूपमा दिने निर्णय गरेको थियो। कांग्रेसभित्र कट्टर गणतन्त्रवादीको रूपमा चिनिने तत्कालीन गृहमन्त्री सिटौला भन्छन्, "पूर्वराष्ट्र प्रमुखको रूपमा आवासको प्रबन्ध सरकारले गर्नुपर्ने मान्यताका आधार त्यो निर्णय भ... |
के खानेकुराले तपाइँको यौन जीवन सुधार्न सक्छ? | यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला। | कतिपय मानिस सही खानेकुराले उनीहरूलाई बढ्ता राम्रो प्रेमी बनाइदिने विश्वास गर्छन् सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ? जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गरा... |
आईएसमा लागेकी किशोरीको नागरिकता ब्रिटेनद्वारा रद्द | पन्ध्र वर्षको उमेरमा चार वर्षअघि इस्लामिक स्टेट (आईएस) समूहका लडाकुसँग बिहे गर्न लन्डन छाडेर सिरिया पुगेकी एक किशोरीको ब्रिटिश नागरिकता रद्द गरिएको छ। | उनको आमाबुवा बाङ्ग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको ब्रिटिश अधिकारीहरूले बताएका छन्। कहाँ छिन् शमिमा? शमिमा बेगमलाई गत साता एक सिरियाली शरणार्थी शिविरमा फेला पारिएको थियो। आईएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दा उनी त्यहाँ पुगेकी थिइन् र सप्ताहान्तमा उनले त्यहाँ छोरालाई जन्म दिइन्। सोमवार... |
अमेरिका निर्वाचन २०२० नतिजा: डोनल्ड ट्रम्प किन हारे | अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सात करोडभन्दा बढी मत प्राप्त गरेका छन् जुन त्यहाँको इतिहासमै दोस्रो ठूलो मतसङ्ख्या हो। | कुल खसेको मतमा उनले ४७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् एवम् उनले ठूला फ्लोरिडा र टेक्सससहित २४ राज्यमा जितेको देखिन्छ। देशको केही भागमा ट्रम्पको असाधारण पकड देखिन्छ। तर उनी पराजित भएका छन्। अमेरिकाको आधुनिक इतिहासमा निर्वाचन हार्ने उनी चौथो बहालवाला राष्ट्रपति बन्न पुगेका छन्। त्यस्तै लगातार दुईवटा निर्वाचनमा सबै... |
पत्रिकाको कार्यालयमा गोली प्रहार, ५ को मृत्यु | अमेरिकाको म्यारिल्याण्ड राज्यका प्रहरीहरूले भनेका छन् एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा ५ जना मानिसहरू मारिएका छन्। अन्य केही घाइते भएका छन्। | संदिग्ध हमलाकारीलाई एक जना श्वेत पुरुष भनेर चिनाइएको छ र उनलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। क्यापिटल गजेट अखबारका एक जना सम्वाददाताले बन्धुकधारीले अखबारको कार्यालयको सिसाको ढोकाबाट गोली चलाएको भन्दै ट्वीट गरेका छन्। राष्ट्रपति ट्रम्पकी सञ्चार अधिकारी सेराह सेन्डर्सले हत्याको निन्दा गर्दै निर्दोष पत्रकारहरूविरुद्धको ... |
ब्रेक्जिट प्रक्रियाका लागि प्रस्तावित 'सबै विकल्प' अल्पमतमा | युरोपेली संघ ईयूबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बुधवार संसदमा भएको मतदानमा प्रस्तावित सबै आठ विकल्पले बहुमत जुटाउन सकेनन्। | भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत सङ्ग्रहबाट पारित गर्नुपर्ने प्रस्ताव भने बहुमतको नजिक देखिएका थिए। सांसदहरूको मनसाय बुझ्ने उद्देश्यका साथ भएको उक्त मतदानको नतिजा बाध्यकारी नभए पनि त्यसले अगाडिको जटिल बाटो भने स्पष्टसँग चित्रण गरेको छ। अबको विकल्प के? दिइएका आठ विकल्पमा एप्रि... |
कोरोनाभाइरस: भारतमा तेस्रो व्यक्तिको मृत्यु, महामारी रोकथाम गर्न देशभरि विभिन्न प्रतिबन्ध | भारतमा कोरोभाइरस सङ्क्रमणबाट थप एक व्यक्तिको मृत्यु भएपछि मृतकको कुल सङ्ख्या तीन पुगेको अधिकारीहरूले बताएका छन्। | महाराष्ट्र सरकारका अनुसार मुम्बईस्थित एउटा अस्पतालमा गत मार्च ५ तारिखमा भर्ना भएका एक ६३ वर्षीय बिरामीको मङ्गलवार मृत्यु भएको हो। उनी दुबईबाट भारत फर्किएका थिए। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को प्रकोप भारतमा विस्तार नहोस् भनेर सावधानीस्वरूप सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला... |
पुटिनद्वारा सिरिया हमलाको निन्दा | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो साझेदार सिरियामाथि पश्चिमाहरूको हमलालाई 'एकदम गम्भीर रूपमा' निन्दा गरेका छन्। | रुसले राष्ट्रसंघको आपत्कालीन बैठक बोलाउन माग गर्ने उनले बताए। रुसको सरकारी टेलिभिजनबाट प्रसारित एउटा वक्तव्यमा पुटिनले सिरियामाथि हमला 'हस्तक्षेपकारी कदम' भएको आरोप समेत लगाए। उनले डुमामा गत हप्ताको शंकास्पद रासायनिक हमला नियोजित रूपमा कसैले गराएको र त्यसलाई आक्रमण गर्न बहानाका रूपमा प्रयोग गरिएको बताए। निशाना रासायनि... |
इरान: 'गैरकानूनी भेला'मा भाग नलिन चेतावनी | इरानी सरकारी निकायहरुले कुनै पनि सरकारविरोधी प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई चेतावनी दिएका छन्। | महंगी र भ्रष्टाचारविरुद्ध दुई दिन भएको प्रदर्शनपछि आन्तरिक मामिला मन्त्री अब्दोलरहमान रहमानी फजलीले 'गैरकानूनी भेला' मा सहभागी नहुन भनेका हुन्। तर शनिबार पनि थप प्रदर्शन भएको देखिएको छ। इरानका शहरमा सरकार विरोधी प्रदर्शन बढ्दै इरानको कमजोर आर्थिक अवस्थाका लागि राष्ट्रपति हसन रुहानीको नीति कारक रहेको कैयौं आरोप लगाउँछन्... |
विश्वकप क्रिकेट लिग २: ओमानद्वारा नेपाल सहजै पराजित | नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो योगफल बनाए पनि घरेलु मैदानमा ओमानसँग आठ विकेटले पराजित भएको छ। | नेपालले दिएको २५० रनको लक्ष्यलाई ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको छ। ओमानका लागि अकिब इलयासले पहिलो एकदिवसीय शतक बनाउँदै विजय निश्चित गरेका हुन्। ३७ रनमा हुँदा अरिफ शेखले छोडेको क्याचको फाइदा उठाउँदै उनले १०८ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनाए। प्रतियोगितामा नेपालको यो तेस्रो खेलमा दोस्रो हा... |
विश्वकप २०१८: ‘कुनै टोली विशेष पावर हाउस रहेनन्’ | विश्वकप फुटबलको लिग अन्तर्गत पहिलो चरणका खेलहरू सम्पन्न हुँदासम्म रोचक नतिजाहरू आइरहेका छन्। | नाम कहलिएका देश र खेलाडीहरूको सफलता/असफलताको पनि विभिन्न कोणबाट विश्लेषण भइरहेका छन्। यसै सेरेफेरोमा हामीले थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीलाई यो विश्वकपको अहिलेसम्मका नतिजालाई कसरी हेर्नुभएको छ? भनेर सोधेका थियौँ। थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीसँग उनी भन्छन्, "अब चाहिँ कुनै देश विशेषलाई फुटबलको 'पावर ... |
'भारतीय भाउका कारण इन्धनको मूल्यवृद्धि' | खुला सिमाना रहेको छिमेकी भारत र नेपालको पेट्रोलियम पदार्थको मूल्यमा रहेको असमानतालाई साघुँरो तुल्याउन इन्धनको मूल्य बढाइएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्। | खासगरी सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न एलपी ग्यास र हवाई इन्धनबाहेकका इन्धनको मूल्य वृद्धि गरिएको निगमको तर्क छ। निगमले सरकारी निर्देशन अनुरुप मूल्य वृद्धि गरेको बताएपनि त्यसको विरोध गरिरहेका युवादेखि उपभोक्ता अधिकारवादी संस्थाहरुले उक्त निर्णयलाई जनताप्रतिको सरकारी संवेदनहीनता भनी रोष प्रकट गरिरहेका छन्। सन्... |
ट्रम्प भन्छन्, 'युद्ध टार्नका लागि' कासिम सुलेमानीमाथि आक्रमण | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले "युद्ध सुरु गर्न नभएर युद्ध रोक्न" मारेको बताएका छन्। | उनले इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रवारको आक्रमणपछि भने- सुलेमानीको "आतङ्कको शासन" समाप्त भएको छ। इरानले उनको मृत्युका लागि जिम्मेवारहरूसँग 'कडा बदला' लिने भनेको छ। हत्याले इरान र अमेरिकाबीच चुलिएको तनाव प्रकट गरेको छ। अमेरिकी अधिकारीहरूले सावधानी अपनाउन मध्यपूर्वमा थप ३००० सैन्य दस्ता पठाइने बताएका छन्। अमेरि... |
कोरोना भाइरस नेपाल: ठूलो सङ्ख्यामा परीक्षण नगरिए सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी | केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ। | भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो। विगतमा काठमाण्डू उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै सङ्क्रमितको सङ्ख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप... |
जलवायु परिवर्तन: यो दशक सबैभन्दा गर्मी दशक हुने अनुमान | सन् १९७० यताकै सबैभन्दा गर्मी दशकको सङ्घारमा विश्व आइपुगेको वैज्ञानिकहरूले बताएका छन्। | नासाले बनाएको सन् २०१४ देखि २०१८ सम्मको विश्वको तापक्रमको नक्सा - रातो देखिएका स्थानहरूमा औसतभन्दा बढी तापक्रम मापन गरिएको थियो ब्रिटेनको मौसम विभागले प्रक्षेपण अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष औद्योगिक युगभन्दा एक डिग्री सेल्सियस वा बढी हुनेछ। आगामी पाँच वर्षमा कुनै एक वर्ष औसतमा १.५ डिग्री सेल्सियसभन्दा बढी त... |
समझदारी पत्रमा कामदारको हितलाई प्राथमिकता | कामदार सेवा सुविधाबारे निश्चित मापदण्ड तोक्न नेपाल र मलेशिया सरकारबीच हुन लागेको समझदारी पत्रमा नेपाली कामदारको हित संरक्षण हुनेगरी अन्तिम रूप दिन लागिएको नेपाली अधिकारीहरूले बताएका छन्। | अहिलेसम्म दुईपटक समझदारी पत्रमा संशोधन भइसकेको र फेरि थप संशोधन गरी यसै हप्ता पठाएको नयाँ संशोधनमा कामदारको हकहितका आवश्यक प्रावधान रहेको बताइएको छ। समझदारी पत्रमा हस्ताक्षर भएपछि मात्र मलेशियामा रोकिएको कामदार पठाउने प्रक्रिया फुकुवा हुने भनिएकोले यसलाई निकै चासोका साथ हेरिएको छ। चार महिनादेखि नेपालले कामदार पठाउने प्... |
नेपालसमेत उल्झिएको भेनेजुएलामा कुन देश कसको समर्थनमा | दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग नेपालको खासै लेनदेन वा सोझो साइनो केही छैन। | तर त्यही मुलुकमा मच्चिएको उत्पातले गएको साताभर नेपालको कूटनीति उल्झियो। सत्ताधारी दलले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको समर्थनमा वक्तव्य निकालेपछि त्यसले अमेरिका नेपालसँग स्पष्टरूपमै चिढिएको छ। लगत्तै परराष्ट्र मन्त्रालयले अर्को विज्ञप्ति निकाल्यो। तर त्यसको सारमा पनि भेनेजुएलामा "बाह्य हस्तक्षेप" हुन नहुनेमा जोड दि... |
कोरोना भाइरस: सङ्क्रमणमा ब्रजिलले इटली र स्पेनलाई उछिन्यो, राष्ट्रपति लकडाउनको विपक्षमा | स्पेन र इटलीलाई उछिन्दै ब्रजिल कोरोनाभाइरसबाट सबैभन्दा धेरै मानिस सङ्क्रमित हुने विश्वकै चौथो देश बन्न पुगेको छ। | साओ पाउलोको स्वास्थ्य प्रणाली दुई सातामा ध्वस्त हुने चेतावनी सहरका मेयरले दिएका छन् स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ७,९३८ जना नयाँ सङ्क्रमित भेटिएको जनाएको छ। यससँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ। त्यो भन्दा धेरै सङ्क्रमित अमेरिका, रूस र ब्रिटेनमा मात्र छन्। पछिल्लो २४ घन्टामा ब्रजिलमा ४८५ जनाको... |
कोरोनाभाइरस: महामारी नियन्त्रण गर्न ट्रम्पले गरे अमेरिकामा सङ्कटकाल घोषणा | अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न "राष्ट्रिय सङ्कटकाल" घोषणा गरेका छन्। | ट्रम्पले कोरोनाभाइरसलाई परास्त गर्न सकिने आशा व्यक्त गरे सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ। उक्त कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ। कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प... |
प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्री केपी शर्मा ओलीले 'विश्वासको मत लिने' | राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। | आइतवार अपराह्ण बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा... |
नेपाली काङ्ग्रेसः नेकपाबारे सर्वोच्च अदालतको फैसलापछि संसद्मा अब कस्तो नीति | सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएसँगै नेपाली राजनीतिको केन्द्रबिन्दुमा देखा परेको नेपाली काङ्ग्रेसले 'पर्ख र हेर' को रणनीति अवलम्बन गरे जस्तो देखिएको थियो। | काङ्ग्रेस सभापति शेरबहादुर देउवा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव नेपाल समूह राजनीतिक रूपमा विभाजित भएको अवस्थामा दुवैले काङ्ग्रेसको समर्थन प्राप्त गर्न खोजेको भए पनि नेकपाको विवाद वैधानिक रूपमा नटुङ्गिएको बताउँदै उसले आफ्ना मत प्रष्ट रूपमा सार्वजनिक गरेको थिएन। आइतवार सर्वोच्च अदालतले नेप... |
नेपाल राजनीति: विपक्षी दलहरू सशङ्कित, भन्छन्- 'संविधान मिचियो अनि समयसीमा पनि थोरै' | अघिल्लो सातामात्र संविधानको धारा ७६ (३) बमोजिम सबभन्दा ठूलो दलको हैसियतबाट केपी ओली प्रधानमन्त्री नियुक्त भएका थिए। | उनले बिहीवार सदनमा विश्वासको मत लिन नसक्ने स्थिति रहेको सङ्केत गर्दै मन्त्रिपरिषद्को निर्णय अनुसार अब धारा ७६ (५) बमोजिमको सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका छन्। राष्ट्रपतिले उक्त धारा बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न शुक्रवार साँझ ५ बजेसम्मको समयसीमासहित आह्वान गरेकी छन्। वि... |
सर्वोच्च अदालतः प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशसँगै यस्तो छ सुरक्षा तयारी | प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको निर्णयसँगै सुरक्षा व्यवस्थालाई लिएर थप सतर्कता अपनाइएको दुई प्रमुख सुरक्षा निकायले प्रतिक्रिया दिएका छन्। | सर्वोच्चको संवैधानिक इजलासले विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको छ। बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर जस्तोसुकै परिस्थितिलाई व्यवस्थापन गर्ने हिसाबले नेपाल प्रहरी तयार रहेको बताए। उनले भने, "अहिलेको अवस्था... |
न कानुन न कर्मचारी, तर रेलवे कम्पनी भन्छ 'पुसभित्रै रेल चल्छ' | गत असोजमा नेपाल भित्रिएको रेल ट्र्याकमा थन्किएको तीन महिना पुग्दा समेत सञ्चालनमा आउन सकेको छैन। | धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने भनिएको रेल 'आवश्यक तयारी नगरी किन्दा' सञ्चालनमा आउन नसकेको रेल विभागका अधिकारीहरू स्वीकार्छन्। रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नपुग्ने र अन्तर्देशीय रेलमार्ग भएकोले भारतसँग आवश्यक सहकार्यको खाका तयार हुन बाँकी रहेको विभागका प्रवक्ता अमन चित्रकारले बताए। नेपाल रेलवे कम्पनीका म... |
पार्किन्सन्स रोग: चाँडो निदान गर्न एआई | चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र लन्डनस्थित मेडिकल फर्म मेडोप्याडले पार्किन्सन्स रोग निदानका लागि 'आर्टिफिशल इन्टेलिजन्स'(एआई) प्रयोग गर्न सहकार्य गरेका छन्। | WATCH: How AI can speed up diagnosis यस पद्धतिमा पार्किन्सन्स रोगका लक्षणको गम्भीरता खुट्याउन एउटा क्यामेराले बिरामीले हात चलाएको दृश्य खिचिराख्छ। चिकित्सकले परीक्षण गरिसकेका बिरामीका उपलब्ध भिडिओ प्रयोग गरेर अनुसन्धान टोलीले यो कम्युटरमा आधारित कृत्रिम प्रणालीको विकास गरेको हो। त्यसका लागि लन्डनस्थित किङ्स कलेज हस्पिट... |
कोरोना भाइरस नेपाल: थप १,२२८ जना कोरोनाभाइरस सङ्क्रमित, छ जनाको मृत्यु र ९१७ जना निको | विगत २४ घण्टामा नेपालमा थप १,२२८ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। | यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४२,८७७ पुगेको छ। अहिलेसम्म २४,२०७ सङ्क्रमित निको भइसकेका छन् भने २५७ जनाको मृत्यु भएको छ। बिहीवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४१३ सक्रिय सङ्क्रमित भएको बताए। तीमध्ये ७,७४२ जना घरमै र १०,६७१ जना संस्थागत आइ... |
इजिप्टमा महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने 'फिमेल भायग्रा' | इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ। | कायरोमा सो औषधिको व्यापार फस्टाएको छ बीबीसीकी स्याली नबिलले इजिप्टजस्तो रूढीवादी देशमा यसको बजार कस्तो छ भनेर बुझेकी छन्। पढौँ यो विवरण। ढुकुढुकी बढ्यो "मलाई निद्रा र रिङ्गटा लागेजस्तो भयो र मुटुको ढुकुढुकी बढ्यो।" 'फिमेल भायग्रा' भनिएको औषधि सेवन गरेपछि लेलाले यस्तो अनुभव गरिन्। महिलाका लागि बनाइएको सो औषधिको रासायनिक... |
राष्ट्रसङ्घको अदालतमा सू चीद्वारा रोहिंज्याविरुद्ध नरसंहारको दाबी अस्वीकार | म्यानमारकी नेतृ आङ साङ सू चीले आफ्नो देशका सुरक्षाकर्मीले अल्पसङ्ख्यक रोहिंज्या मुसलमानविरुद्ध आम नरसंहार गरेको भन्ने आरोप अस्वीकार गरेकी छन्। | द हेगमा अवस्थित इन्टरन्याश्नल कोर्ट अफ जस्टिसमा सम्बोधन गर्दै नोबेल शान्ति पुरस्कारबाट सम्मानित नेतृले लाखौँलाई रखाइन राज्य छाड्न देशभित्रको आन्तरिक सशस्त्र द्वन्द्वले बाध्य पारेको बताइन्। उनले म्यानमारका सुरक्षा निकायले असमानुपातिक किसिमले बल प्रयोग गरेको हुन सक्ने भने स्वीकार गरिन्। तर त्यसमा नरसंहारको उद्देश्य नरहेक... |
अमेरिका-इरान तनाव: 'युद्ध नभए पनि त्रासले नै नेपालको अर्थतन्त्रमा असर पर्न सक्छ' | अमेरिकाले इरानका एक वरिष्ठ सैन्य नेतालाई इराकमा मारिदिएपछि अब युद्ध हुन्छ कि भन्ने चिन्ताका कारण पूरा विश्वको ध्यान अहिले ती दुई देश जारी तनाव परेको छ। | अमेरिका-इरान तनाव अझ चर्किँदै गए त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने विज्ञहरूले बताएका छन्। इरानमा नेपालीहरूको सङ्ख्या उल्लेख्य नभए पनि अमेरिकासँग जारी तनावको असर पूरै मध्यपूर्वमा पर्ने हुँदा खासगरी त्यहाँ काम गर्ने लाखौँ नेपालीहरू प्रभावित हुने र त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पनि पर्ने विज्ञहरूको मत छ।... |
कोरोना भाइरस भारत : सङ्कट गहिरिँदै जाँदा मृत्यु हुनेको सङ्ख्यामा वृद्धि | भारतमा कोरोनाभाइरस सङ्क्रमणको लहरका बीच सघन उपचार शय्या, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ। | दाहसंस्कार गर्ने स्थानको अभाव भएसँगै दिल्लीमा सामूहिक रूपमा शव दाह गरिराखिएको छ गत २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ३ लाख ४९ हजार ६ सय ९१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १ करोड ७९ लाख ६० हजार १ सय ७२ पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोभिडका कारण... |
टोकियोमा ५४ वर्षपछि हिमपात | जापानको राजधानी टोकियोमा ५४ वर्षपछि पहिलो पटक नोभेम्बर महिनामा हिउँ परेको छ। | असामान्य चिसो हावापछि टोकियोमा यो नोभेम्बरमा हिउँ परेको छ यो समयमा सामान्यतया १० देखि १७ डिग्री सेल्सियसको बीचमा तापक्रम हुने भएकोले टोकियोवासीले हिउँ पर्नुलाई आश्चर्यजनक रूपमा हेरेका छन्। सन् १८७५ मा तथ्याङ्क राख्न थालिएयता टोकियोको जमिनमा पहिलो पटक हिउँ देखिएको हो। असामान्य चिसो हावापछि परेको हिउँका कारण सार्वजनिक या... |
प्रबुद्ध समूहको प्रतिवेदन बुझाउन विलम्ब | भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) ले दुई वर्षको छलफलपछि तयार पारेको संयुक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउन नसकिएको समूहका सदस्यहरूले बताएका छन्। | सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत दुवै देशको हितबारे कैयौँ विषयमा साझा सुझाव दिइएको भनिएको उक्त प्रतिवेदन दुवै सरकार प्रमुखलाई बुझाएपछि त्यसको कार्यान्वयन गर्ने बाटो खुल्नेछ। ईपीजीका नेपाल र भारत दुवै देशका प्रतिनिधिहरूले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनलाई पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि ... |
आगामी वर्षभित्रै दूतावास जेरुसलेम सार्ने: पेन्स | संयुक्त राज्य अमेरिकाले तेल अभिभ शहरमा रहेको उसको दूतावास सन् २०१९ को अन्त्यसम्ममा जेरुसलेममा सारिने बताएको छ। | इजरेली संसद्मा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले त्यस्तो बताएका हुन्। अवरोध इजरेली संसद्मा पेन्सले अमेरिकी दूतावास सारिने बारे बताइरहँदा ट्रम्पको विवादास्पद घोषणाको विरोधमा रहेका अरब सांसद्हरुले केही बेर अवरोध पनि गरेका थिए। सम्बोधनका क्रममा उपराष्ट्रपति पेन्सले अमेरिका इजरेलको पक्षमा रहेको बताएक... |
अफगानिस्तान: स्थानीय प्रहरी प्रमुख मारिएपछि चुनाव स्थगित | अफगानिस्तान सरकारले दक्षिणी कन्दाहार प्रान्तमा भएको गोलावारीमा एक जना स्थानीय प्रमुखको ज्यान गएपछि शनिवारको संसदीय चुनाव एक साताका लागि स्थगित गरेको छ। | उक्त घटनामा जेनेरल अब्दुल राजिकसँगै कन्दाहर प्रान्तका गुप्तचर प्रमुखको पनि ज्यान गएको थियो। राष्ट्रपति असरफ गनीका एक जना प्रवक्ताले राष्ट्रिय सुरक्षा परिषद्को एउटा विरलै हुने बैठकपछि भोलि हुने भनिएको संसदीय चुनाव एक साताका लागि स्थगित भएको घोषणा गरेका हुन्। सुरक्षा फौजको पोशाक लगाएका एक जना बन्दुकधारीले बिहीबार वरिष्ठ ... |
एलेक्सी नभाल्नी: पश्चिमा देशद्वारा जेल सजायको आलोचना | मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लङ्घन गरेको भन्दै साढे तीन वर्षको जेल सजाय सुनाएको छ। | गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनी त्यसयता हिरासतमै छन्। गत अगस्टमा घातक विष हमलामा परेका नभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार गराएका थिए। मस्कोमा हिंसात्मक घटनाहरू भएका छन् - सामाजिक सञ्जालमा देखिएका भिडिओहरूमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको र पक्राउ गरिरहेको देखिन्छ। ... |
अमेरिका-इरान तनाव: अमेरिकासँग प्रतिशोध लिने घोषणा गरेको इरानको सेना कति बलियो | अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ। | क्षेप्यास्त्र इरानको सैन्य शक्तिको एउटा अभिन्न भाग हो इरानी कूड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता छिमेकी इराकको राजधानीमा विमानस्थलबाहिर अमेरिकी आक्रमणमा परेर मृत्यु भयो। त्यसपछि प्रतिक्रिया दिँदै इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले उक्त आक्रमणमा संलग्न पक्षसँग "गम्भीर प्रतिशोध" लिइने वाचा गरेका छन्। अमेर... |
ब्रजिल डढेलो: यो घाइते ज्याग्यूअर उष्णप्रदेशीय सिमसारमा भएको विध्वंशको प्रतीक बनेको छ | मध्यब्रजिलबाट छिमेकी बोलिभिया र पाराग्वेसम्म फैलिएको विश्वकै सबैभन्दा ठूलो ऊष्ण सीमसार क्षेत्र प्यान्टनललाई जङ्गली डढेलोले नष्ट गरिरहेको छ। | यो घाइते ज्यागुअरको तस्बिर प्यान्टनल आगलागी सम्बन्धित सबभन्दा धेरै शेअर भएको फोटोहरूमध्ये एक बनेको छ यो उक्त क्षेत्रमा दशकौँ यताको सबैभन्दा खराब आगलागी हो। त्यसले जनावर र बोटबिरुवामाथि पारेको प्रभावबारे विश्वभरि चिन्ता व्यक्त भइरहेको छ। उक्त सिमसार क्षेत्रमा आगो लप्काले २९,००० वर्ग किलोमिटर क्षेत्रमा प्रभाव पारिसकेको ब... |
‘थप १० अर्ब रुपैयाँ प्रवाह गरिँदै’ | ब्याङ्क तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव कम गर्न आइतवार मात्रै रकम पठाएको राष्ट्र ब्याङ्कले यसै हप्ता थप १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। | थप रकम प्रवाह गर्नका लागि बोलकबोल आह्वान गरिएको केन्द्रीय ब्याङ्कका अधिकारीले बताएका छन्। तर राष्ट्र ब्याङ्कले गर्न लागेको ऋणपत्र निष्कासनले मात्रै तरलता अभावको अवस्था सहज नहुने ब्याङ्कहरूले बताएका छन्। राष्ट्र ब्याङ्कले आइतवार ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो। समाधान यसै हप्ता दोस्रो पटक बजारमा रकम पठाउन ला... |
नेत्रविक्रम चन्दका कार्यकर्तामाथि कस्ता मुद्दा लगाइँदैछ | सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गतिविधिहरू माथि प्रतिबन्ध लगाएको दुई सातामा उक्त पार्टीका ९० जना भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेको अधिकारीहरूले बताएका छन्। | गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीलाई 'आपराधिक तथा विध्वंसकारी समूह'का रूपमा घोषणा गर्दै उसका गतिविधिहरूमा प्रतिबन्ध लगाएको थियो। त्यसयता राजधानी काठमाण्डू सहित देशका विभिन्न भागबाट दैनिकजसो उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू पक्राउ परिरहेका छन्। नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार मङ्गलव... |
'नागरिकताको अधिकार समान भएन' | नागरिकता ऐनलाई संशोधन गर्न संसदमा सरकारले दर्ता गराएको विधेयकले संविधानमा महिलालाई दिएको हक हनन गरेको भन्दै अधिकारकर्मीहरुले व्यापक विरोध गरेका छन्। | नागरिकता दिनसक्ने हक पुरुषलाई मात्र स्पष्ट रूपमा प्रदान गरिएको महिला अधिकारकर्मीहरुले बताएका छन्। संविधान जारी भएको तीन वर्षभित्र संविधानले प्रदत्त गरेको मौलिक हक सम्बन्धी कानुन बनाइसक्नु पर्ने वाध्यता अनुसार उक्त विधेयक मंगलबार संसदमा दर्ता भएको हो। तर संशोधन विधेयकले पनि पुरानो ऐनमा झैँ विवाहको आधारमा नेपाली महिला र ... |
डलरको तुलनामा भारुको मूल्य किन घट्दैछ? | "यो मुद्रासँग देशको प्रतिष्ठा जोडिएको हुन्छ। जहिले जहिले यो मुद्राको अवमूल्यन हुन्छ तहिले तहिले देशको प्रतिष्ठा पनि खस्कन्छ...।" | भाषण गर्दै भारतीय जनता पार्टीकी नेता सुषमा स्वराजले सन् २०१३ मा यसो भनेकी थिइन्। हाल स्वराज भारतकी विदेश मन्त्री छिन्। त्यसबेला भारतीय रुपैयाँको मूल्य डलरको तुलनामा निरन्तर घट्दै गएर एक डलर बराबर भारु ६८ पुगेको थियो। तत्कालीन वित्तमन्त्री पी चिदम्बरमको स्पष्टीकरणबाट सन्तुष्ट नभएकी स्वराजले प्रधानमन्त्री मनमोहन सिंहसँग ... |
बारा पर्सा हावाहुरी: सरकारसँग 'कमजोर पूर्वाधार र योजना' | सरकारले प्राकृतिक विपद्का बेला तत्काल उद्धार र राहतका लागि अत्यावश्यक सामग्री एकीकृत रुपमा राख्न गोदाम घर बनाउने भने पनि हालसम्म त्यो काम पूरा हुन नसकेको अधिकारीहरूले बताएका छन। | पाँच प्रदेशमा विगतमा क्षेत्रीय रुपमा रहेका गोदामहरूलाई प्रयोगमा ल्याइए पनि प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा भने हालसम्म निर्माण कार्य नै सुरु हुन नसकेको उनीहरूको भनाइ छ। विपद् गोदामहरूमा आपत्कालीन उद्धारका आवश्यक पर्ने विभिन्न उपकरण सहित त्रिपाल, कम्बल, खाद्यान्नजस्ता सामग्री राख्ने गरिएको बताइएको छ। चाहिएका बेला खोइ... |
कोरोना भाइरस उपचार: कोभिड-१९ को खोप सबभन्दा पहिला कसले पाउला? | वैज्ञानिकहरूले जुन बेला कोरोनाभाइरसविरुद्ध खोप तयार पार्न सफलता पाउलान् त्यसबेला संसारका सबै जनाका लागि पुग्नेगरी त्यस्तो खोप उपलब्ध नहुन सक्छ। | अनुसन्धान प्रयोगशालाहरू र औषधि उत्पादन गर्ने कम्पनीहरूले त्यस्तो प्रकारको प्रभावकारी खोप पत्ता लगाउने, तयार पार्ने, परीक्षण गर्ने र उत्पादन गर्ने सम्बन्धमा स्थापित यसअघिका नियममा ठूलै परिवर्तन गरिरहेका छन्। संसारभरि नै कोरोनाभाइरसको खोप पुर्याउन सकियोस् भनेर अभूतपूर्व कदमहरू चालिँदैछन्। तर त्यस्तो खोप सबैभन्दा पहिला प... |
म्यान्मार कूः अमेरिकाद्वारा सैनिक नेताविरुद्ध प्रतिबन्ध घोषणा | अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। | यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ। अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ। कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बे... |
रुसमा भीआर उपकरणको प्रयोग गरेर गाईलाई शान्त तुल्याउने र दूध उत्पादन बढाउने प्रयास | रुसमा एउटा डेरी फार्मले गाईको मानसिक उद्विग्नता कम गरेर दूध उत्पादन बढाउने प्रयासस्वरूप अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको छ। | उक्त फार्मले गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चूअल रीयालिटी (भीआर) उपकरण लगाइदिन थालेको छ। आँखा पूरै छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान पार्ने भीआर प्रविधि हाल विशेषगरी कम्प्युटर गेमहरूका लागि प्रख्यात रहेको छ। सामान्य टेलिभिजन वा भिडिओको दृश्य भन्दा निकै भिन्न भीआर प्रविधिमार्फत् दर्शकले आफू अर्कै ... |
भारत निर्वाचन: विद्युतीय मतदान उपकरणमा धाँधली भएको आरोपको निर्वाचन आयोगद्वारा खण्डन | भारतमा सम्पन्न निर्वाचनमा प्रयोग गरिएका विद्युतीय मतदान उपकरण फेरेर वा त्यसमा परिवर्तन गरेर धाँधली गर्न लागिएको आरोपको भारतको निर्वाचन आयोगले खण्डन गरेको छ। | विपक्ष दलका नेताहरूले विद्युतीय उपकरण सुरक्षित भएको सुनिश्चितता खोजेका छन् सात चरणमा गरिएको मतदान गत आइतवार सम्पन्न भएको थियो। आगामी बिहीवारदेखि मतगणना सुरु हुँदैछ। विपक्षी दलहरूले बिहार तथा उत्तर प्रदेशका विभिन्न स्थानमा विद्युतीय मतदान उपकरण भेटिएको तथा सरकारी दबावमा ती उपकरण फेर्न खोजिएको दाबी गरेका छन्। विपक्षी नेत... |
कोरोना भाइरस लकडाउन: सामान्य अवस्थाको जनजीवन सम्झनुहुन्छ? कोभिड-१९ महामारीपछिको न्यूजील्यान्ड हेर्नुहोस् | प्रधानमन्त्री जसिन्डा आर्डर्नले न्यूजील्यान्डलाई कोभिड-१९ बाट मुक्त भएको घोषणा गरेपछि खुसी प्रकट गर्न आफू नाचेको बताइन्। | प्रधानमन्त्री जसिन्डा आर्डन साउथ बे मरिना पुग्दा ह्वेललाई हेर्ने कौआही नापोराले स्वागत गरेका थिए न्यूजील्यान्डले जुन ८ तारिखमा कोरोनाभाइस नियन्त्रणका लगाइएका सबै किसिमका प्रतिबन्धहरू हटाएको थियो। कोरोनाभाइरसबाट नयाँ मानिस सङ्क्रमित नभएको दुई हप्ताभन्दा बढी समयपछि प्रतिबन्धहरू फुकुवा गरेको हो। न्यूजील्यान्डले चार तहको स... |
अस्ट्रेलिया बाढी: सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा, डढेलो निभ्यो तर यातायात अस्तव्यस्त | अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको छ तथा जनजीवन प्रभावित भएको छ। | हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्। सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। झन्डै एक लाख घरमा बिजुली गएको छ। डढेलो निभ्दै केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैल... |
तत्काल युद्धविराम लागू गर: राष्ट्रसंघ महासचिव | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युद्धले निम्त्याएको नर्कजस्तो स्थिति अन्त्य गर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका छन्। | विद्रोही नियन्त्रित उक्त क्षेत्रमा सरकारी फौजले आक्रमण जारी राखिरहँदा उनको यस्तो टिप्पणी आएको हो। त्यहाँ भएको पछिल्लो हवाई आक्रमणमा कम्तिमा दश जना नागरिक मारिएको बताइएको छ। सिरिया: पूर्वी गुटामा क्लोरिन ग्यास हमला सिरिया: '५०० जनाभन्दा बढीको मृत्यु' तत्पर उक्त स्थानमा रहेका स्वास्थ्यकर्मीहरुले क्लोरिन ग्यासले निम्त्याउ... |
कश्मीरमा आंशिक रूपमा टेलिफोन र जम्मूमा इन्टरनेट सुरु, मुसलमान बहुल क्षेत्रमा प्रतिबन्ध कायम | भारत प्रशासित कश्मीरमा १२ दिन देखि बन्द गरिएको फोन सेवा आंशिक रूपमा सुरु गरिएको छ। | जम्मूका पाँच जिल्लामा टुजी सेवा सहितको इन्टरनेट सेवा सुरू गरिएको छ। कश्मीर उपत्यकामा अहिले ल्यान्डलाईन सेवा मात्र सुचारु भएको छ। अहिलेसम्म १७ वटा टेलिफोन एक्सचेन्ज सुरु भएका छन्। बाँकी सबै टेलिफोन लाईन आइतवारसाँझबाट सुरु गर्ने भनिएको छ। अगस्ट ५ यता भारत प्रशासित कश्मीरमा टेलिफोन सेवा बन्द रहँदै आएको थियो। खुकुलो त्यो द... |
कोरोना भाइरस नेपाल: थप ४७३ जना सङ्क्रमित, एक जना शिशुको मृत्यु, ६६४ जना निको | कोरोनाभाइरस सङ्क्रमणका कारण एक जना ४९ दिनको शिशुको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। | जेठ ९ गते त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएका शिशु भेन्टीलेटरमा उपचाररत थिए। यससँगै कोरोनाभाइरसका कारण नेपालमा ३१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। त्यस्तै नेपालमा विगत २४ घण्टामा थप ४७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ... |
जोर्ज फ्लोइड मृत्यु प्रकरण: बर्खास्त गरिएका प्रहरी अधिकारीमाथि कस्ता अभियोग लगाइयो? | अफ्रिकी-अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको मृत्युलाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ। | अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ। शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले हत्या भएको अभियोग लगाइएको थियो। यी पुराना अभियोगबारे पनि अभियोगपत्रमा उल्लेख गरिनेछ। यसअघि अभियोग नलागेका अन्य तीन प्रहरीमाथि गैरकानुनी काममा उक्... |
कोभिड: दक्षिण एशियामा बढिरहेको कोरोनाभानइरस सङ्क्रमणले चिन्ता | कोरोनाभाइरसको लहरसँग भारत जुझिरहेका बेला बढ्दो सङ्क्रमणबारे भारतका छिमेकी राष्ट्रहरूमा समेत चिन्ता व्यक्त भइरहेको छ। | नेपालको अवस्थाको बारेमा गम्भीर चिन्ता बढिरहेको छ कमजोर स्वास्थ्य सेवाका कारण परिस्थितिसँग जुझ्न गाह्रो हुनेहुँदा यात्रा र अन्य प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ। सङ्क्रमण सङ्ख्या के छ? भारतमा गत मार्च महिनाबाट दैनिक रूपमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सुरु भएको थियो र त्यो पछि नाट... |
नेकपा स्कुल विभाग: इश्वर पोखरेलले मारे बाजी | शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) सचिवालय बैठकले विभिन्न विभागमा नेतृत्व चयन गरेको छ। | अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहित बसेको ९ सदस्य सचिवालय बैठकले विदेश, स्कुल, सङ्गठन, प्रचार र नीति तथा प्रतिष्ठान सहित अन्य सङ्गठन प्रमुख र उपप्रमुखको नाम तय गरेको हो। सचिवालय बैठक अनुसार विदेश विभागको नेतृत्व पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपालको पोल्टामा परेको छ। त्यस्तै शीर्ष ... |
एसईई: नेपालका सातै प्रदेशमा एकैचोटि परीक्षा सुरु, पौने पाँच लाख परीक्षार्थी सहभागी | सङ्घीय संरचनाअन्तर्गत पहिलो पटक आइतवारदेखि माध्यमिक परीक्षा एसईई सुरु भएको छ। | पहिलो दिन सबै सातवटै प्रदेशमा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष देशभरिबाट चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी छन्। छात्राको सङ्ख्या २,३८,५५८ छात्रको सङ्ख्या२,३६,४४५ त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केह... |
वैदेशिक रोजगारी: मलेसियाको भिसा रोकिएपछि व्यवसायी 'मर्कामा' | मलेसियाको लागि भिसा लिन चाहाने नेपाली कामदारहरूले अझै केही समय कुर्नु पर्ने अधिकारीरूले बताएका छन्। | नेपाली कामदार मलेसिया जाने प्रकृया मलेसियाली दूतावासले बन्द गरिदिएपछि हजारौं कामदारहरुको भिसा प्रक्रिया प्रभावित हुन पुगेको व्यवसायीहरूले बताएका छन्। कामदारसँग लिने गरिएको अतिरिक्त शुल्क बन्द गर्न पहल थालेको सरकारले भने उक्त प्रक्रिया बन्द नभएसम्म पछि नहट्ने जनाउँदै मलेसिया सरकारसँग कूटनीतिक पहल थालिएको जनाएको छ। कामदा... |
न्यूजिल्यान्डकी प्रधानमन्त्रीको प्रेम बिहेमा परिणत हुने पक्का | न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आफूसँगै बस्दै आएका प्रेमीसँग विवाह गर्ने टुङ्गो लगाएकी छन्। प्रधानमन्त्री कार्यालयले त्यसको पुष्टि गरेको छ। | उनले एउटा कार्यक्रममा आफ्नो बाँयाँ हातको औंलामा औँठी लगाएको देखिएपछि बिहेको छिनोफानो भएको अनुमान गरिएको थियो। पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले त्यसबारे सोधखोज गरे र प्रधानमन्त्री कार्यालयमा त्यसबारे जानकारी मागे। त्यसपछि प्रधानमन्त्रीका प्रवक्ताले बिहेको छिनोफानो भएको पुष्टि गरे। उनका प्रेमी क्लार्क गेफोर्ड ट... |
कोरोना भाइरस मृत्यु : कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा नेपालले चीनलाई उछिन्यो | कोरोनाभाइरस महामारीबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ। | स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ५,००१ जनाको कोभिड-१९ सम्बन्धी कारण मृत्यु भएको छ जुन उत्तरी छिमेकी चीनभन्दा बढी हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनमा त्यही अवधिमा कोरोनाभाइरसका कारण ४,८४६ जनाको मृत्यु भएको छ। बीबीसी भिजुअल एन्ड डेटा जर्नलीजम टीमले तयार पारेको रिपोर्ट अनुसार चीनम... |
केपी शर्मा ओलीः प्रधानमन्त्रीबाट गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताविरोधी कति आशावादी | नेपालको संसदीय इतिहासमा ऐतिहासिक रूपमा सबल उपस्थिति देखाउन सक्नेगरी कम्युनिस्ट पार्टी निर्माणको अगुवाइ गरेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अहिले दुई किनारमा पुगेका छन्। | सडक सङ्घर्षमा ओर्लिएका प्रचण्ड र उनी पक्षका नेताहरूले सत्तामा रहेका ओलीमाथि वर्तमान संविधानमा प्रमुख तीन विशेषताहरू गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरोधमा गतिविधि गरेको आरोप लगाइरहेका छन्। प्रधानमन्त्री ओलीले केही दिनअघि पशुपतिनाथको मन्दिर पूजा गर्नु र आफ्नो पार्टीको सभा गर्न तत्कालीन राजदरबार रहेको नारायणहिटी अ... |
‘ठूला दरका भारु प्रतिबन्ध विफल’ | अघिल्लो वर्ष अप्रत्याशित रुपमा नोटबन्दी लगाइएपछि प्रतिबन्धित उच्च दरका लगभग सबै नोट भारतीयहरुले फिर्ता गरेको भारतको केन्द्रीय ब्याङ्कले जनाएको छ। | भारतीयहरुलाई रातारात एक हजार र पाँच सय दरका नोट साट्न लगाइएको थियो उसका अनुसार प्रतिबन्धित नोटहरु मध्ये ९९ प्रतिशत अर्थात १५२.८ खर्ब रुपियाँ भारतीय ब्याङ्किङ प्रणालीमा फिर्ता भएको छ। सरकारी अधिकारीहरुले आय घोषणा नगरी अवैध रुपमा राखिएका नोटहरु जफत गर्न सजिलो हुने भन्दै प्रतिबन्धको घोषणा गरेका थिए। त्यसले उक्त नीतिको घोष... |
हैदराबाद घटनाको भारतीय संसद्मा निन्दा, बलात्कारीलाई कठोर सजायको माग | भारतकी एक सांसदले हैदराबादमा २७ वर्षीया महिला पशुचिकित्सकलाई बलात्कार र हत्या गर्ने पुरुषहरूलाई 'भिडले मारिदिनुपर्छ' भनेकी छन्। | "मलाई थाहा छ यो क्रूर हो, तर यस्ता मानिसलाई सार्वजनिक स्थानमा ल्याएर मारिनुपर्छ," जया बच्चनले संसद्मा बोल्दै भनिन्। विभिन्न राजनीतिक दलका अन्य कैयौँ सांसदहरूले पनि उक्त क्रूर सामूहिक बलात्कार र हत्याको निन्दा गरे। हराइरहेकी पीडित महिलाको जलेको शरीर गत साता फेला परेपछि भारतभरि विरोध प्रदर्शन भएका छन्। प्रहरीका अनुसार उ... |
सभामुखलाई ‘तनाव’ दिएको प्रधानमन्त्रीको ‘असंसदीय शब्द’ खुट्याउन अर्को 'तनाव' | प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा वैशाख २४ गते बोलेका 'असंसदीय शब्द' हटाउने आदेश सभामुख कृष्णबहादुर महराले तीन दिन पछि वैशाख २७ दिएका थिए। | तर संसद् सचिवालयका अनुसार त्यो शब्द हटाउन सकेको छैन। किन? 'असंसदीय शब्द' के-के हुन् भन्ने प्रस्ट नभएको र प्रधानमन्त्रीले नै त्यस्तो शब्द बोलेको अस्वीकार गरेकाले संसदका कर्मचारीहरू अन्यौलमा परेका हुन्। प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमबारे आएका प्रश्न र जिज्ञासाको जवाफको शुरूवातमा भनेका थिए, "प्रश्न र जिज्ञ... |
कालो धन नियन्त्रणका नेपाली अधिकारीहरूलाई भारतमा तालिम | सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा नेपालका २० जना अधिकारीहरूको तालिम भारतमा शुरू भएको छ। | अधिकारीहरूले कालो धनविरुद्धको अनुसन्धानमा नेपाली निकायहरूको क्षमता अभिवृद्धिका लागि यो तालिम फलदायी हुने विश्वास लिएका छन्। क्षमता अभिअभिवृद्धि अभियान अन्तर्गत तीन चरणमा सन् २०१९ भित्र ६० जना नेपाली अधिकारीहरूले भारतमा तालिम लिने बताइएको छ। प्रधानमन्त्री कार्यालयका एक अधिकारीले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त... |
अमेरिकी निर्वाचन २०२०: राष्ट्रपति निर्वाचित जो बाइडनले विदेश नीति कसरी बदल्छन्? | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बुझाइमा उनका लागि विश्व ‘अमेरिका पहिला’ भन्ने राष्ट्रवादी धारणाको एउटा हिस्सा थियो। | त्यसअन्तर्गत उनले अमेरिकालाई फाइदा नभएको भन्दै अन्तर्राष्ट्रिय सम्झौताहरूबाट अलग हुने घोषणा गरे। जुन नाफामुखी, एकातर्फी र समस्याकारी थियो। त्यो व्यक्तिवादी र सनकपूर्ण पनि थियो। राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिकी विदेश नीति उनको सम्बन्ध र ट्विटरमा अभिव्यक्त हुने धारणाले निर्धारण गरेको थियो। तर जो बाइडनका लागि विश्व ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.