title stringlengths 10 138 | summary stringlengths 17 955 | text stringlengths 111 16.8k |
|---|---|---|
आप्रवासी सङ्कट: अमेरिका-मेक्सिको सीमामा पठाउने बजेटबारे रिपब्लिकन र डेमोक्र्याटिक पार्टी विभाजित | अमेरिकामा रिपब्लिकन पार्टीको बाहुल्य रहेको माथिल्लो सदन सिनेटले अमेरिका-मेक्सिको सीमामा सहायता पठाउने सम्बन्धमा एउटा विधेयक पारित गरेको छ। | सिनेटले यसअघि सोही विषयमा भिन्न ढङ्गबाट डेमोक्र्याटिक पार्टीको बाहुल्यको तल्लो सदनले ल्याएको विधेयक अस्वीकृत गरेको थियो। अस्वीकृत विधेयकमा अध्यागमन निकायमाथि प्रतिबन्धको व्यवस्था राखिएको थियो। अब दुवै दलका सांसदहरू आफ्ना विधेयक परिमार्जन गर्नुपर्ने दबावमा छन्। तस्बिरले तताएको बहस आप्रवासीहरू मरिरहेका, कमजोर अवस्थामा उन... |
प्रधानमन्त्री केपी शर्मा ओलीको 'दुई पटक डायालिसिस', अस्पतालबाट निवास फिर्ता | काठमाण्डूको ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएका प्रधानमन्त्री केपी ओली बिहीवार साँझ अस्पतालबाट निवास फिर्ता भएका छन्। | अस्पतालमा दुई दिन बिताएर फर्किनुअघि ओलीले अस्पताल बाहिर सञ्चारकर्मीहरू सामु दुवै हात हल्लाएर आफू ठिक भएको सङ्केत गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि बुधवार बिहान त्यो अस्पताल भर्ना भएका ओलीको दुई दिनमा दुई पटक डायालिसिस गरिएको जानकारी उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै नेकपाका अर्का अध्यक्ष प्रचण्डले बि... |
कश्मीर विवादःराष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्णयको बचाउ गरे | विवादित कश्मीर क्षेत्रमा तनाव चर्किँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै कश्मीरको विशेष हैसियतसम्बन्धी धारा ३७० को खारेजीको प्रतिरक्षा गरेका छन्। | मोदीले उक्त धाराले कश्मीरलाई कुनै लाभ नदिएको दाबी गरे। उनले भने, "धारा ३७० र ३५ क ले जम्मू-कश्मीरलाई पृथक्तावाद, आतङ्कवाद, परिवारवाद अनि व्यवस्थापनमा ठूलो भ्रष्टाचारबाहेक केही दिएको थिएन।" मोदीले सरकारको निर्णयले कश्मीरको वर्तमान सुध्रिने र भविष्य सुरक्षित हुने तर्क पनि गरे। अवस्था यसैबीच भारत-प्रशासित कश्मीरमा सयौँ जन... |
कोरोना भाइरस लक्षण: यूकेका बालबालिकामा 'दुर्लभ र खतरनाक लक्षण' | ब्रिटेनमा चिकित्सकहरूलाई बालबालिकामा देखिन थालेको कोरोनाभाइरस वा अन्य सङ्क्रमणसँग सम्बन्धित हुनसक्ने दुर्लभ तर खतरनाक लक्षणहरूप्रति सचेत रहन निर्देशन दिइएको छ। | यूकेको राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली, न्याश्नल हेल्थ सर्भिसेजका चिकित्सकहरूलाई बालबालिकामा कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित हुनसक्ने भन्दै एक प्रकारको 'दुर्लभ तर खतरनाक' लक्षणप्रति सावधान हुन निर्देशन दिइएको छ। चिकित्सकहरूलाई पठाइएको महत्त्वपूर्ण पत्रमा लन्डन र यूकेका अन्य भागका अस्पतालहरूमा गम्भीर बिरामी भएर सघन उ... |
म्यान्मार कू: प्रदर्शनकारीले कसरी सामाजिक सञ्जाललाई उपयोग गरिरहेका छन् | म्यान्मारको याङ्गुनमा काँधमा काँध मिलाएर उभिएका युवा प्रदर्शनकारीको एउटा समूहले सडक बन्द गरेको छ। | केहीले सेतो कडा टोप लगाएका छन्। अन्यले साइकलको हेलमेट लगाएका छन्। उनीहरूले आफूलाई सुरक्षित राख्न घरेलु ढाल, चस्मा र अनुहार छोप्ने मास्क लगाएका छन्। तर उनीहरूको एउटा रक्षात्मक उपकरण यस्तो छ जुन अरूभन्दा धेरै प्रयोग भएको छ- उनीहरूको मोबाइल फोन। फेब्रुअरी १ मा सैनिक कू भएयता संसारले म्यान्मारमा प्रदर्शनकारीमाथि देखाइएको ब... |
हङ्कङ प्रदर्शनः चिनियाँ सेना र बेइजिङद्वारा कडा चेतावनी | हङ्कङका प्रहरीले नवौँ हप्तायता प्रदर्शन गर्दै आएका प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेका छन्। | विरोध प्रदर्शन शुरू गर्नुअघि प्रदर्शनकारीहरूले मोङ कक जिल्लामा र्याली निकालेका थिए। उनीहरूले शहरभरि गरिने सोमवारको निर्धारित हडतालमा सहभागी हुन आह्वान समेत गरेका छन्। बेइजिङ र चिनियाँ सेनाले हङ्कङमा जारी तनावलाई लिएर कडा चेतावनी दिएका छन्। सरकार र प्रदर्शनकारी दुवै पक्षले आ-आफ्नो अडान कडा पार्दै लगेको पृष्ठभूमिमा सुप... |
'कोरोनाभाइरसको जोखिमको स्तर बढे स्वास्थ्य क्षेत्रमा सङ्कटकाल लगाउन सकिने' | संसद्मा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यान दिएर सरकारले विभिन्न अस्पतालमा १५५ वटा आइसोलेसन वार्ड अथवा एक्लै राखेर उपचार गर्न मिल्ने शैय्याहरू छुट्याइएको बताएका छन्। | स्वास्थ्यमन्त्री ढकालले कोरोनाभाइरसको सङ्क्रमणलाई 'नपड्किएको एम्बुस' सँग तुलनागर्दै सवधानीको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले कोभिड-१९ नियन्त्रणका लागि सतर्कता अपनाउन १५५ वटा एक्लै राखेर उपचार गर्न मिल्ने शय्याहरू तयार अवस्थामा राखिएको बताएका छन्। उनले ७ वटा अस्पताललाई 'हब अस्पताल'का रूपमा विका... |
अमेरिकी निर्वाचन २०२० परिणाम: ट्रम्पले पहिलोपटक ट्वीटर सन्देशमा 'बाइडनले जितेको' लेखे | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक "जो बाइडनले जितेको स्वीकार गरेको" देखिए पनि राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने बताएका छन्। | "निर्वाचनमा धाँधलीले भएकोले उनले जिते," रिपब्लिकन पार्टीका राष्ट्रपतिले ट्विटरमा लेखेका छन्। त्यसको एक घण्टापछि उनले नोभेम्बर ३ को निर्वाचनमा आफूले हारेको स्वीकार नगर्ने भन्दै ट्वीट गरे। उनले महत्त्वपूर्ण राज्यहरूमा निर्वाचनमा धाँधली भएको भनेर केही मुद्दा हालेको भए पनि त्यससम्बन्धी प्रमाण दिएका छैनन्। उनका सबै कानुनी च... |
वायुप्रदूषणले कसरी मस्तिष्कको क्षमता घटाइदिन्छ | चार वर्ष लगाएर चीनमा गरिएको एउटा अध्ययनले वायुप्रदूषणका कारण मानिसको मस्तिष्कमा गम्भीर असर पुग्ने देखाएको छ। | विभिन्न उमेर समूहका २० हजार महिला तथा पुरुषमाझ भाषा तथा गणितको क्षमता परीक्षण गरिएको थियो। परीक्षणको नतिजालाई वायुप्रदूषणको स्तरसँग तुलना गरियो। अनुसन्धानकर्ताहरूले त्यसपछि निकालेको निष्कर्षमा जति धेरै प्रदूषण छ त्यति नै धेरै त्यसले मस्तिष्कको क्षमतामा प्रभाव पारेको देखिएको छ। सबैभन्दा धेरै प्रभाव चाहिँ ६४ वर्ष उमेर कट... |
डोनल्ड ट्रम्प: दिदी मारियनको दृष्टिमा आफ्ना भाइ 'ढँटुवा र सिद्धान्तहीन व्यक्ति' | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ। | उनले बोलेको कुरालाई गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई "सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी" भनेकी छन्। राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य रेकर्डिङ गरेकी थिइन्। मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा राष्ट्रपतिको चर्को आलोचना गरिएको छ। कुनै कानुनी समस्यामा फस्नबाट जोगिन आफूले... |
धान खेती नेपाल: खेतीका बेला मलको चरम अभाव, तर यो वर्ष उत्पादन कसरी घटेन | रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा र धान खेती गर्ने जमिन बढेकाले यस वर्ष धानको उत्पादन गत वर्षकै हाराहारीमा हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्। | ६० प्रतिशतभन्दा बढी धान रोपाईं हुने क्षेत्र बर्खे पानीमा निर्भर रहने हुँदा उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको छ तर पर्याप्त धान फल्ने तराइ क्षेत्रमा रोग र किराका कारण उत्पादकत्व भने नबढ्ने चिन्ता रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए। विगतका वर्षहरूमा धान नरोपिने जमिनमा पनि यस वर्ष प... |
हिमनदी तीव्र दरमा पग्लँदै, नेपालका सहित करोडौँ मानिस जोखिममा | शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तनको नाटकीय स्तर देखाएका छन्। | अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका छन्। वैज्ञानिकहरूले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालसालैका अन्तरिक्ष यानका तस्बिर दाँज्दा स... |
कोरोना भाइरस नेपाल: कोभिड-१९ भएका सिकिस्त बिरामीलाई आईसीयू र भेन्टिलेटर जुटाउन चुनौती | कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएर सघन उपचार आवश्यक हुने व्यक्तिहरूको सङ्ख्या बढ्दै जाँदा सङ्क्रमण अझ व्यापक स्तरमा फैलिए आईसीयू र भेन्टिलेटरको अभाव हुने विज्ञहरूले चेतावनी दिएका छन्। | अहिले देशभरि २,६०० वटा आईसीयू शय्या र ९०० वटा भेन्टिलेटर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू बताउँछन्। गम्भीर अवस्थामा भएका बिरामीको जीवनरक्षाका लागि महत्त्वपूर्ण मानिने ती सघन उपचारसम्बन्धी संरचना अधिकांशतः काठमाण्डू उपत्यकामै सीमित रहेको र राजधानीबाहिरका अस्पतालमा एकदमै कम भएको विज्ञहरूको भनाइ छ। उनी... |
कोभिड नेपाल: गैरसरकारी संस्थाहरूले कुन क्षेत्रमा कस्तो सहयोग गरिरहेका छन् | कोरोनाभाइरसको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि स्वदेशी र विदेशी गैरसरकारी संस्थाहरूले एक अर्ब १५ करोड रुपैयाँभन्दा बढी सहायता परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीहरूले बताएका छन्। | केन्द्र, प्रदेश र स्थानीय सरकारहरूमा मुख्यतः स्वास्थ्य सामग्रीसहित त्यस्तो सहयोग परिचालित भएको समाज कल्याण परिषद्का एक उपनिर्देशकले बीबीसीलाई जानकारी दिए। नेपालका गैरसरकारी संस्थाहरूको छाता सङ्गठनका अध्यक्षले सरकारी निकायसँगको समन्वयमा पछिल्लो सहायता उपलब्ध गराइएकाले दुरुपयोगको सम्भावना नरहेको बताए। उनका अनुसार महामारी... |
नयाँ रेसम मार्ग: युरोपमा प्रभाव विस्तार गर्दै चीन, महत्त्वाकाङ्क्षी अभियानमा इटाली पनि सहभागी | युरोपेली राष्ट्र इटाली चीनको महत्त्वाकाङ्क्षी 'बेल्ट एन्ड रोड' अभियानमा सहभागी हुने पहिलो विकसित अर्थतन्त्र बनेको छ। | पहिलो युरोपेली राष्ट्रका रूपमा सो चिनियाँ अभियानमा सहभागी भएपछि अन्य पश्चिमा सहयोगी राष्ट्रहरूमा उसप्रति संशय उत्पन्न भएको देखिएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङको इटाली भ्रमणका क्रममा दुई मुलुकबीच २.८ अर्ब अमेरिकी डलर बराबरको २९ वटा सम्झौतामा हस्ताक्षर भए। ती परियोजनाहरूलाई 'नयाँ रेसम मार्ग'का रूपमा हेरिएको छ र त्यस... |
कोरोना भाइरस नेपालः थप पाँच जनाको मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या २२ हजार नाघ्यो | नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ। | यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको छ। बिहीवार पनि मन्त्रालयले पाँच जनाको मृत्यु भएको पुष्टि गरेको थियो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित फेला परेका छन्। यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख... |
'तबलावादक बन्न गाह्रो छ' | काठमान्डूको पद्म कन्या क्याम्पसमा विगत २२ वर्षदेखि संगीत विषय पढाइरहेकी सरिता मिश्र नेपालकी व्यवसायिक तबलावादक हुन्। | उनलाई “पहिलो नेपाली महिला तबलावादक” पनि भन्ने गरिन्छ। काठमाण्डूको पशुपतिक्षेत्रमा जन्मिएकी मिश्रले ८ वर्षको कलिलो उमेरदेखि नै तबला बजाउन थालेकी थिइन्। यात्रा उनको संगीत यात्रा स्वदेशमा मात्रै नभई विदेशमा पनि पुगेको छ। उनले दिग्गज स्वदेशी र विदेशी कलाकारहरुका साथ हजारौँ कार्यक्रमहरुमा तबला बजाइ सकिन्। पहिलो नेपाली महिला... |
नाल कतिखेर काट्ने थाहा नपाउँदा शिशु मृत्युदर उच्च | बडिगाड गाउँपालिका-४ भुषालखर्ककी २१ बर्षीया खीमा रेश्मीले गत साउनमा जुम्ल्याहा बच्चा घरमा नै जन्माइन्। | खीमाको सुत्केरी स्थानीय महिलाहरूले गराएका थिए। उनीहरूले शिशु जन्मिएर साल झरेपछि मात्रै नाभि काटेका थिए। भोलिपल्ट एउटा शिशुको मृत्यु भयो। "अस्पताल जान सम्भव भएन, घरमै बच्चा जन्मिए तर खै के भयो, भोलिपल्ट एउटा बाबु खेर गयो," खीमाले पीडा पोख्दै भनिन्, "तातो नहुने, चिसो मात्रै हुने, दूध नखाने गर्थ्यो, अर्को दिन दूध खान उठेन... |
किमको उत्तर कोरियाको चुनाव कस्तो हुन्छ | उत्तर कोरियालीहरू देशको संसदीय मतदानमा सहभागी भइरहेका छन्। यो किम जङ-अनले सत्ता सम्हालेपछि भएको यस्तो प्रकारको दोस्रो चुनाव हो। | सुप्रिम पिपल्स् असेम्ब्ली (एसपीए) भनिने सर्वोच्च जनसभामा सदस्यहरूले अनिवार्य रूपमा मतदान गर्नुपर्छ। तर मतदाताहरूले उम्मेदवार छान्न पाउँदैनन्। कुनै पनि प्रकारको विरोध सह्य हुँदैन। मतदानमा प्रायशः करिब १०० प्रतिशत मतदाता सहभागी हुन्छन् र सबैले सत्तारुढ गठबन्धनलाई सर्वसम्मत रूपमा समर्थन गर्दछन्। उत्तर कोरिया किम परिवारको ... |
कोरोना भाइरसः अमेरिकाले अनलाइन कक्षा मात्रै हुने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने | अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा अगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ। | अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ। कोरोनाभाइरस महामारीका कारण थुप्रै अमेरिकी विश्वविद्यालयले कक्षाहरू अनलाइन सञ्चालन गर्न थालेका छन्। यो नियमबाट कति विद्यार्थीलाई असर पर्छ भन्ने स्पष्ट छैन। नेपाली विद्यार्थी कति? अमेरिकामा सन् २०१९ मा १३,००० भन्... |
कोरोना भाइरस: अत्यावश्यक सुरक्षा सामग्रीको अभावमा ब्रिटेनमा चिकित्सकको जीवन जोखिममा | ब्रिटेनका चिकित्सकहरूको सङ्गठनले उसका कैयन् सदस्यहरूले कोरोनाभाइरसका बिरामी जाँच्न आवश्यक सुरक्षा सामग्री नपाएको जनाएको छ। | ब्रिटिश मेडिकल एसोसिएसन बीएमएले चिकित्सकहरूले तिनका जीवन जोखिममा पारिरहेको बताएको छ। कठिन परिस्थिति शुक्रवार स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले सबैका निम्ति पर्याप्त सामग्री भएको भन्दै अभाव पूर्तिका निम्ति योजना सार्वजनिक गरेका थिए। युकेभरिका अस्पतालमा बिहीवार एकै दिनमा ९८० जनाको ज्यान गएको थियो। त्यहाँ कोरोनाभाइरस सङ्क... |
सोलारविन्ड्स साइबर आक्रमण: किन एकदमै गम्भीर | हामी सबैले हाम्रा ल्यापटप वा फोनहरूमा ‘अपडेट उपलब्ध छ, डाउनलोड गर्न यहाँ थिच्नुहोस’ भन्ने सन्देश देखिरहेका हुन्छौँ। | सर्भर भएको कोठामा पुगेको चोर(साङ्केतिक चित्र) यस्ता सफ्टवेअरले एपहरूका त्रुटि सुधार गर्ने र साइबर सुरक्षा बलियो पार्ने हुनाले हामी त्यसप्रति आकर्षित पनि भइहाल्छौँ। त्यही भएर गत वसन्तयाममा सोलारविन्ड्स नामक एउटा लोकप्रिय सफ्टवेयर चलाइरहेका आइटी स्टाफका स्क्रिनमा अपडेट गर्न आग्रह गरिएको सन्देश आयो। विभिन्न सरकारी कार्यलय... |
नेतन्याहुद्वारा इरानको कडा आलोचना | जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानीहरुले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोप लगाएका छन्। | मन्तव्यका क्रममा नेतन्याहुले इजरेलले गोली हानेर खसालेको भनिएको इरानी ड्रोन आफ्नो हातले उचालेर देखाएका थिए। "जरिफ तपाईँ यो बस्तुलाई चिन्नु हुन्छ?" नेतन्याहुले इरानी विदेश मन्त्री मोहमद जाबेद जरिफतर्फ संकेत गर्दै सोधे - "तपाईँले यो चिन्नु पर्छ। यो तपाईँकै हो।" इरानी विदेश मन्त्री जरिफले चाहिँ नेतन्याहुको आरोप "कार्टुन जस... |
जिम्बाब्वेः पूर्वप्रम चाङ्गिराइको निधन | जिम्बाब्वेका प्रमुख विपक्षी नेता मोरगेन चाङ्गिराइको निधन भएको छ। | ६५ वर्षीय पूर्वप्रधानमन्त्री चाङ्गिराइ क्यान्सरपीडित थिए र दक्षिण अफ्रिकास्थित एउटा अस्पतालमा उनको उपचार भइरहेको थियो। मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडीसी) का उपसभापति एलियास मुड्जुरीले समाचार संस्था रोयटर्सलाई भने, "बुधवार साँझ उहाँको निधन भयो। उहाँको परिवारले मलाई त्यसबारे जानकारी गराएको हो।" चाङ्गिराइको निधन भएक... |
११ देशका शरणार्थीमाथिको प्रतिबन्ध फुकुवा | अमेरिकी अधिकारीहरूले 'अति जोखिमपूर्ण' भनिएका ११ वटा देशका शरणार्थीमाथिको प्रतिबन्ध हटाइएको बताएका छन्। | तर अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना गर्नुपर्ने अधिकारीहरूको भनाइ छ। आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले शरणार्थीको मान्यता दिनुअघि सुरक्षा जोखिमको जाँच गरिने बताइन्। ट्रम्प प्रशासनले सन् २०१७ को अक्टोबरमा १० वटा मुस्लिम बहुल देश र उत्तर कोरियाबाट शरणार्थी स्वीकार नगर्... |
फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार | फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका छन्। | राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ। केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू संकलन गरेको र ती मध्ये धेरैले आफ्ना विवरण दिन सहमति नजनाएको बताइएको छ। केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभ... |
नेपाल-भारत सीमा विवाद: पूर्वराजदूत राकेश सूद भन्छन्, 'अलिकति कमजोरी भारतको पनि, अब राजनीतिक स्तरमा लैजानुपर्छ' | भारतका एक कूटनीतिज्ञले नेपाल-भारत सीमा विवादको समाधान अब कर्मचारीको तहबाट नभएर राजनीतिक तहबाट खोजिनुपर्ने बताएका छन्। | नेपालमा भारतीय राजदूतको भूमिका निर्वाह गरिसकेका राकेश सूदले अब विदेश सचिवको स्तरमा हुने वार्ता फलदायी हुन नसक्ने आशय व्यक्त गर्दै उनले भने, "मलाई लाग्छ अधिकारीस्तरको वार्ताको सम्भावना कम छ र यसलाई राजनीतिक स्तरमा हामीले लैजानुपर्छ।" नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र स्पष्ट रूपमा देखिनेगरी आफ्नो राजनीतिक ... |
परमाणु सम्झौताबाट नहट्न इरानको चेतावनी | इरानका राष्ट्रपति हशन रुहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि नहट्न भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्। | अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एमानुएल माक्रोँबीच वासिङ्टनमा सो एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो। इरान र साउदी अरेबियामध्ये को शक्तिशाली? 'इरान सम्झौताको पक्षमा उभिन्छौं' धम्की ट्रम्पले उक्त सम्झौतालाई भंग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्यान्वयन गरे र... |
ब्रेक्जिट मतदान: ब्रिटेनको संसदमा हुने मतदानका बारे थाहा पाउनु पर्ने ६ कुरा | मङ्गलवार ब्रिटेनका सांसदहरूले प्रधानमन्त्री टरिजा मेले आगामी मार्च २९ तारिखमा ब्रिटेनलाई युरोपेली संघ इयुबाट बाहिर ल्याउने दिशामा तयार पारेको योजनामाथि मतदान गर्दैछन्। | यो समग्र विषयबस्तुबारे थाहा पाउनु पर्ने छ कुराहरू पढ्नुहोस्। १. मतदान कतिखेर हुन्छ? ब्रिटेनको स्थानीय समय अनुसार मंगलबार बेलुका संसदमा पूर्ण कार्यदिनको बहसपछि मतदान हुनेछ। सरकारले घोषणा नगरून्जेल मतदानको यकिन समय थाहा हुँदैन। २. सांसदहरूले केमा मतदान गर्दैछन्? प्रधानमन्त्री टरिजा मेले युरोपेली संघसँग दुई वर्ष लगाएर गरे... |
प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस | संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ। | उनी वरिष्ठतम न्यायाधीशको रूपमा कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा कार्यरत थिए। नियुक्ति नगरेर सरकारद्वारा ‘मनोवैज्ञानिक दबाब’ न्यायपरिषद्द्वारा सिफारिस गरिएका तीन जनामध्ये रोलक्रममा रहेका जोशीको नाम सिफारिस गरिएको कानुनमन्त्री शेरबहादुर तामाङले बीबीसीलाई जानकारी दिए। बहिर्गमन ‘प्रधानन्यायाधीश नियुक्ति यसै हप्ताभित्... |
भारत निर्वाचन: 'गलत' पार्टीलाई मत हाल्ने मतदाताले आफ्नो चोरऔँला काटे | भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश "गलत" पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्। | सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएको देख्न सकिन्छ। उनले खासमा एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेका तर विद्युतीय भोटिंग मशिनमा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन्। मतदान गरिसकेपछि प्र... |
हानिकारक मिठाई: रङको बढी प्रयोग भएकाले सचेत हुन आग्रह | तिहारमा धेरै प्रयोग हुने मिठाई र मिठाईजन्य परिकारहरूमा तोकिएभन्दा बढी मात्रामा रङहरू प्रयोग भएको पाइएकाले सचेत हुन सरकारी अधिकारीहरूले आग्रह गरेका छन्। | उनीहरूले कतिपय मिठाई बिक्रेताहरूलाई गुणस्तर मिचेकोमा कारबाही अघि बढाइएको पनि जनाएका छन्। उपभोक्ता अधिकारकर्मीहरू चाहिँ चाडपर्वका बेलामात्रै सरकारले अनुगमन बढाउने गरेको भन्दै खाद्य पदार्थमा गुणस्तर सुनिश्चित गर्न सरकारी निकाय असफल भएको आरोप लगाउँछन्। तिहार, आमा र बाबुको मुख हेर्नेलगायतका चाडपर्वका बेला मिठाईको व्यापार ह... |
राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा आलोचकलाई प्रतिबन्ध लगाउनु असंवैधानिक: अदालत | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा आफ्ना आलोचकहरूलाई आफ्ना ट्विट हेर्न नमिल्ने बनाएर वाक् स्वतन्त्रता हनन् गरिरहेको न्यूयोर्कको एउटा अदालतले ठहर गरेको छ। | ट्रम्पलाई ट्विटरमा छ करोड मानिसले फलो गर्छन् ट्रम्पले ट्विटरमा प्रतिबन्धित गरेका सातजना व्यक्तिको पक्षमा दायर गरिएको मुद्दामा अदालतको त्यस्तो फैसला गरेको हो। सोसल मिडिया प्रयोग गर्ने अधिकारीहरूले उनीहरूसँग विमति राख्ने मानिसहरूलाई चुप लगाउन पाउँदैनन्, न्यायाधिशले भने। राष्ट्रपति ट्रम्पका वकिलहरूले उनको ट्विटर व्यक्तिगत... |
एकीकृत बस्ती: कतै प्राधिकरण, कतै दाताबाट | भूकम्प प्रभावित जिल्लाका हरेक स्थानीय तहमा कम्तीमा एउटा एकीकृत बस्ती विकास गर्ने योजनाअनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबार थप चारवटा यस्ता बस्ती विकाससम्बन्धी प्रारम्भिक योजना स्वीकृत गरेको जनाएको छ। | गोरखाको एक गाउँमा हालै पुनर्निर्माण सकिएको आफ्नै घरमा बसिरहेकी एक महिला। छरिएर रहेका बस्तीलाई एकै स्थानमा ल्याउने उद्देश्यका साथ उक्त योजना अघि बढाइएको भनिए पनि ग्रामीण क्षेत्रको सामाजिक र आर्थिक संरचनालाई ख्याल नगरी यस्ता बस्ती विकास गर्दा नागरिकले थप समस्या भोग्नुपरेको कतिपय विज्ञको मत पाइन्छ। तर प्राधिकरणका अधिकारीह... |
ट्रक, जीप त्रिशुलीमा खस्दा दुईको मृत्यु | नारायणगढ-मुग्लिन सडकमा गए राती पहिरोमा परेर एउटा मालवाहक ट्रक र प्रहरीको जीप त्रिशुली नदीमा खस्दा दुई प्रहरीको मृत्यु भएको र थप दुई प्रहरी हराइरहेको अधिकारीहरुले जनाएका छन्। | नारायणगढ- मुग्लिन सडक खण्डमा निर्माण कार्य जारी रहँदा सवारी दुर्घटनाका खबर रोकिएका छैनन्। राती करिब १ बजेतिर उक्त सडकखण्डको काली खोला नजिक ४ किलोमिटर भन्ने स्थानमा गएको पहिरो हटाएर फर्कने क्रममा प्रहरीको जिप र ट्रक अर्को पहिरोमा परेका थिए। मुग्लिनबाट ३ किलोमिटर नारायणगढतर्फको सडकमा खसेको सो पहिरोले बगाएर प्रहरीको जीप ... |
संसद् घटना 'अनपेक्षित र आश्चर्यजनक': अमेरिकाका नेपालीहरू | अमेरिकी संसद् भवनमा चार जनाको ज्यान जानेगरी भएको दङ्गापछि १५ दिन राजधानी वाशिङ्टनमा आपत्काल लगाइएको छ। | त्यहाँ धेरैतिर सुरक्षा व्यवस्था कडा पारिएका विवरणहरू सार्वजनिक भएका छन्। नयाँ राष्ट्रपतिले शपथग्रहण गर्ने मितिको दुई साताअघि भएको उक्त घटनाको अमेरिका र विश्वभर चर्चा भइरहँदा हामीले अमेरिकामा रहेका केही नेपालीसँग कुराकानी गरेका छौँ। के भन्छन् उनीहरू? विष्णु शीतल, पत्रकार (भर्जिनिया) संसद् भवनमा भएको उक्त घटनासँगै यहाँको... |
कोरोना भाइरस: 'म सुँघ्न सक्दिन तर मलाई कोभिड-१९ छैन' | कुनै कुरा सुँघ्न नसक्ने मान्छेलाई पानी पर्दाको वासना कस्तो छ भनेर कसरी बताउनु हुन्छ? अथवा भित्तामा रङ्ग लगाउँदा निस्केको गन्ध वा फुलको सुवास? | यज्मिन सालाजारका लागि प्राय: उनका पतिले गन्धबारे बताउने गर्छन् यज्मिन सालाजारका लागि प्राय: उनका पतिले यस्ता गन्धबारे बताउने गर्छन्। "उनी मेरो नाक हुन्," उनी भन्छिन्, "उनले मलाई भन्छन् कि पौडिएर बाहिर आउँदा सूर्यको प्रकाश छालामा पर्दा जस्तो महसुस जस्तै कुनै बास्ना हुन्छ।" अमेरिकाको एरिजोनास्थित फोनिक्स सहरमा बस्ने यी ३... |
पोप: 'यौन दुर्व्यवहार रोक्न गिर्जाघर विफल भएकोमा पीडाबोध' | क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले, उनकै शब्दमा, पादरीहरूले गरेका घृणित यौन दुर्व्यवहारका अपराध रोक्न क्याथोलिक गिर्जाघरले पर्याप्त काम गर्न विफल भएकोमा आफू लज्जित भएको बताएका छन्। | आयरल्याण्डका प्रधानमन्त्री लियो भराडकरले उनको देशमा आइपुगेका पोप फ्रान्सिसलाई, रोमन क्याथोलिक गिर्जाघरका सदस्यहरूबाट दुर्व्यवहारमा परेकाहरूको पीडा सुनिदिन तथा उनीहरुलाई न्याय दिलाउन आह्वान गरेका छन्। बाल यौन दुराचार गरेका तथा त्यसको ढाकछोपमा संलग्न पादरीहरूलाई कारबाही गर्न पनि भराडकरले कडा शब्दमा एउटा चेतावनी दिएका छन्... |
बजेट बनाउन प्रदेश सरकारका तीन मुख्य चुनौती के हुन्? | साउनबाट आरम्भ हुने नयाँ आर्थिक वर्षको बजेटको तयारीका क्रममा स्रोतको निर्क्योल, कर्मचारीको उपस्थिति तथा कार्यान्वयन गर्न आवश्यक निकायको स्पष्टता जस्ता तीनथरी मुख्य चुनौती रहेको प्रदेशका अर्थमन्त्रीहरूले बताएका छन्। | जेठ १५ गते सङ्घीय सरकारले बजेट प्रस्तुग गरेलगत्तै असार १ गते सातवटै प्रदेशले पनि बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ। त्यसका लागि उनीहरूले सङ्घीय सरकारबाट अनुदानस्वरूप तथा आफैँ राजस्व परिचालन गरेर स्रोत जुटाउनु पर्नेछ। पहिलो पटक यसपालि पहिलो पटक सङ्घीय ढाँचामा तीनै तहले आआफ्ना बजेट ल्याउन लागेका छन्। सङ्घीय सरकारले बजे... |
बुलबुल आँधी: विपद् आउनुअघि हजारौँलाई सुरक्षित स्थानमा जान आग्रह | समुद्री आँधी बुलबुलबाट बच्न बाङ्लादेशका अधिकारीले एक लाख मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन्। | अधिकारीहरूले बुलबुल आँधीबाट बच्न मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। शनिवार साँझ बाङ्लादेशको तटीय क्षेत्र आइपुग्ने अनुमान गरिएको आँधीले सात फिट अग्लो छाल ल्याउने ठानिएको छ। समुन्द्री सतहभन्दा तल रहेका करिब एक दर्जन तटीय जिल्लाहरू उक्त आँधीको बाटोमा पर्ने बताइएको छ। समुद्री बन्दरगाहरू मोङ्ला र चित्तगङलाई उ... |
तुवाँलोमय दिल्ली, ३ दिन विद्यालय बन्द | दिल्लीवासीले बाक्लो तुवाँलोको समस्या झेलिरहेका बेला त्यहाँका मुख्यमन्त्रीले तीन दिनका लागि सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन्। | मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अति वायु प्रदूषणको समस्यासँग जुध्नका निम्ति विभिन्न कदमहरु चालिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। वायु प्रदूषणसम्बन्धी बढ्दो समस्यामाझ दिल्ली सरकारले पाँच दिनका लागि निर्माण तथा भत्काउनेसम्बन्धी सबै काममा रोक लगाएको छ। धूलोको कण नियन्त्रण गर्न ... |
यौन दुर्व्यवहारको आरोप अस्वीकार | अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफूलाई राष्ट्रपति ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाउने तीन महिलाको राजनीतिक उद्देश्य र उनीहरुले उक्त आरोप लगाएको समयबारे प्रश्न उठाएको छ। | राष्ट्रपतिकी प्रवक्ताले ती आरोपविरुद्ध छानबिनका लागि संसदीय जाँच गराइनुपर्ने मागहरु खारेज गरेकी छन्। यसअघि रेचल क्रुक्स, जेसिका लिड्स र समान्था होल्भेले राष्ट्रपति चुनिनु अघि ट्रम्पले आफूहरुलाई अश्लील ढंगले छोएको, जबरजस्ती चुम्बन गरेको र अपमान गरेको आरोप लगाएका छन्। ह्वाइट हाउसले ती आरोपहरु झुटो भएको बताएको छ। आरोप न्... |
यार्सागुम्बा: स्वास्थ्यबारे सामान्य ख्याल पनि गर्दैनन् बहुमूल्य 'कीरा' टिप्न जानेहरू | बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न डोल्पाको सागर पाटन पुगेको पहिलो दिनमै नलगाड नगरपालिका ६, जाजरकोटका सबिन विश्वकर्माको लेक लागेर मृत्यु भयो। | यार्सा टिप्न डोल्पाका पाटनतिर जाँदै स्थानीय बासिन्दा पैसा कमाएर वर्षभरिको गर्जो टार्ने योजनासहित उनी आफ्ना दाइसँगै पाटन पुगेका थिए। "दिनभरि यार्सा टिपेर बस्ने ठाउँमा फर्केपछि टाउको दुख्यो भन्दा भन्दै जेठ १७ गते राति भाइको मृत्यु भयो," प्रेम विश्वकर्माले भने, "बचाउन धेरै प्रयास गरे पनि सकिएन। लास पाटनमै गाडेर घर फर्किएँ... |
ओसिलो दिनमा चिसोमा भन्दा बढी जोर्नीको दुखाइ | एउटा अध्ययनले जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसले ओसिलो दिनमा बढी दुखाइ सहनु पर्ने देखाएको छ। | चिसोले दुखाइलाई बढाउने भनाइ प्रचलित भएपनि दुखाइमा हुने मौसमको प्रभावबारे एकदमै थोरै मात्रै अनुसन्धान भएको छ। म्यान्चेस्टर विश्वविद्यालयले मोबाइल फोनमार्फत दुई हजार पाँच सय मानिसमाझ गरिएको अध्ययनमा दुखाइका लक्षणहरू न्यानो तर ओसिलो दिनमा झन खराब हुने पत्ता लगाएको छ। अनुसन्धानकर्ताहरूले यो अध्ययनले यस विषयमा भविष्यमा थप... |
फ्लोरेन्स आँधी: अमेरिकामा कम्तीमा पाँचको मृत्यु | फ्लोरेन्स नामको शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटमा आइपुग्दा त्यसका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ। | उक्त आँधीका कारण ६ लाख मानिसहरू विजुलीको सेवाबाट बञ्चित बनेका छन्। आँधीका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ। अधिकारीहरूका अनुसार बिजुलीको आपूर्ति पुन: गर्न अझै केही दिन वा हप्ता पनि लाग्न सक्छ। मानवीय क्षति अहिलेसम्म उक्त शक्तिशाली आँधीका कारण तीनजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यसअघि अधिकारीहरूले ... |
राजकुमार विलियम: आमा डायनाको मृत्युको दुखदायी सम्झनाबाट 'भावविह्वल' | ब्रिटेनका राजकुमार विलियमले आफू बाबु बनेपछि आफ्नी आमाको मृत्यु भएका बखतको दु:खदायी समय सम्झना हुने गरेको बताएका छन्। | राजकुमार विलियम र उनकी श्रीमती केटका तीन बच्चा छन् राजकुमार विलियम १५ वर्षको हुँदा सन् १९९७ मा प्यारिसमा आमा डायनाको कार दुर्घटनामा ज्यान गएको थियो। श्रीमती केटबाट तीन बच्चाका बाबु बनेका ड्यूक अफ केम्ब्रिजले भने, 'त्रासदीपूर्ण' घटना आफू बाबु बन्दा फेरि सम्झना आउँदो रहेछ। उनले मानसिक स्वास्थ्यबारे बीबीसीले तयार पारेको ड... |
नेपाल-भारत सीमा: विवाद टुङ्ग्याउन सरकार कहाँ चुक्यो? अब के गर्नुपर्छ? | लिपुलेक क्षेत्रमा प्रत्येक पटक भारतको कुनै खालको क्रियाकलापपछि नेपालमा त्यसलाई आफ्नो भूमि भनेर सडकदेखि सदनसम्म चर्को बहस र विरोध हुने गरेको छ। | सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच कालापानीको बाटो प्रयोग गर्ने विषयमा एउटा सहमति भएको थियो। जसलाई लिएर त्यतिबेला पनि नेपाली पक्षबाट चर्को आलोचना भयो तर दुईपक्षीय वार्ता हुन सकेन। त्यसपछि गत नोभेम्बर महिनामा जब भारतले कालापानी, लिपुलेक र लिम्पिधुरालाई आफ्नो राजनीतिक नक्साम... |
बहिनीलाई शक्तिशाली बनाउँदै उत्तर कोरियाका सर्वोच्च नेता | उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नी बहिनीलाई नीति निर्माणको तहमा पुर्याउँदै पार्टी बैठकबाट उनलाई थप अधिकार प्रदान गरेका छन्। | दिवंगत नेता किम जङ-इलकी कान्छी छोरी किम यो-जङले वर्कर्स् पार्टीको पोलिटब्यूरोकी सदस्यका रूपमा अब आफ्नी फुपूको स्थान लिनेछिन्। ३० वर्षीया किमलाई दुई वर्षअघि पार्टीको वरिष्ठ अधिकारीका रूपमा चिनिने गरिन्थ्यो। सार्वजनिक कार्यक्रममा प्रायः आफ्ना दाइ किम जङ-अनसँगै देखिने किम यो-जङ उनको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह ग... |
कतारमा नाकाबन्दी: नेपाल आउने रेमिटेन्स घट्यो | कतारमा छिमेकीहरूले लगाएको आर्थिक नाकाबन्दीले त्यहाँको अर्थतन्त्रमा परेको समस्याको छाया नेपालले प्राप्त गर्ने विप्रेषण आम्दानीमा पनि परेको अधिकारीहरूले बताएका छन्। | केही समययता कतार जाने नेपाली कामदारको संख्यामा कमी आएको छ। त्यसका कारण कुनै बेला देश भित्रिने कुल रेमिटेन्स वा विप्रेषण रकममा २२ प्रतिशतसम्म योगदान रहने गरेको कतारको हिस्सा घटेर १५ प्रतिशतमा झरेको अधिकारीहरूले बताएका छन्। विगत केही वर्षयता नेपाली कामदारहरूको पहिलो रोजाइको गन्तव्य कतार रहेको थियो। 'फ्रि टिकट, फ्रि भिसाक... |
टाउटे तुफानः कोभिड महामारीबीच भारतमा शक्तिशाली समुद्री तुफान | भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका छन्। | अत्यन्त शक्तिशाली भनिएको टाउटे तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको छ। दोहोरो सङ्कट कोभिड-१९ का कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको छ। सोमवार अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थियो। तुफानको केन्द्रबिन्दु त... |
नेपाल बजेटमा कृषि: अर्थमन्त्रीसँग कृषिमन्त्रीको 'चित्त दुख्नु'को कारण | सरकारले सङ्घीय संसद्समक्ष बिहीवार प्रस्तुत गरेको बजेटमा 'कृषि क्रान्तितर्फ उन्मुख हुन' विभिन्न योजना समेटिएका छन्। | जसमा 'कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा निजी फर्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित गरिने' उल्लेख छ। तर बजेटका कारण कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालको चित्त दुखेको भनी समाचार आएका छन्। मन्त्रालयका एक उच्चपदस्थ अधिकारीले बताए अनुसार मन्त्रीले लोकप्रिय ह... |
प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेस अघि बढ्दा जसपामा 'मतभेद' | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा 'सरकार गठनका लागि पहल गर्ने' औपचारिक निर्णय गरे लगत्तै धेरैको चासो जनता समाजवादी पार्टी (जसपा) को भूमिकाप्रति बढेको छ। | नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने सङ्केत सार्वजनिक रूपमै दिँदै आएको छ। उक्त दलका अध्यक्ष प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने पनि बताएका छन्। तर त्यसको निम्ति नेकपा एमाले एकताबद्ध रहँदासम्म कांग्रेस र माओवादी केन्द्रलाई जसपाको साथ र समर्थन अनिवार्य देखिन्छ। अर्थात् जसपा भूमिका निर्णायक बन्ने अवस्था ... |
एमाले-माके कार्यदल 'सहमति नजिक' | राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनमा दुई पार्टीबीचको भागबण्डा बारे गृहकार्य गर्न बनेको नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल सहमति नजिक पुगेको उक्त कार्यदलका सदस्यहरूले बताएका छन्। | मतदाताको संख्या र सम्भावनाको विश्लेषणपछि बाँटफाँटबारे एउटा निष्कर्षमा आफूहरू पुगेको र अबको तीन दिनमा राष्ट्रिय सभा निर्वाचन बारेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउने उनीहरुको भनाइ छ। प्रदेशमा मुख्यमन्त्री र सभामुख फरक-फरक दलको हुने गरी छलफल भइरहेको बताइएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर... |
नेपाल-भारत सीमा विवाद: सीमा सम्बन्धी प्रमाण संकलन गर्न विज्ञ समूह गठन | नेपाल सरकारले भारतसँग लिम्पियाधुरा-कालापानी सीमा विवादका सम्बन्धमा विभिन्न प्रमाणहरू संकलन गर्न निर्दिष्ट कार्यादेश सहित एक विज्ञ समूह गठन गरिएको जनाएको छ। | बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको पछिल्ला निर्णयहरूबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्। उक्त समूहको संयोजकमा नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीलाई तोकिएको छ। विज्ञ समूह ९ सदस्यीय रहेको बताइएको छ। विज्ञ सम... |
मुल्लाह ओमार: टाउकोको मूल्य तोकिएका तालिबान नेता 'अमेरिकी सैन्य आधार नजिकै बस्थे’ | एउटा नयाँ पुस्तकले फरार तालिबान नेता मुल्लाह मोहम्मद ओमार अफगानिस्तानस्थित अमेरिकी सैन्य आधार क्षेत्रबाट पैदल दूरीमै बस्ने गरेको दाबी गरेको छ। | बीबीसीले सन् १९९६ मा गोप्य रूपमा मुल्लाह ओमारको तस्बिर खिचेको थियो लेखिका बेट डमको 'सिक्रेट लाइफ अफ मुल्लाह ओमार' भन्ने पुस्तकमा अमेरिकाले विश्वास गरेको जस्तो पाकिस्तानमा कहिल्यै नलुकेको उल्लेख छ। बरु उनी आफ्नो गृहप्रदेश जबुलस्थित एउटा प्रमुख 'अमेरिकी फर्वार्ड अपरेटिङ' बेसबाट तीन माइल मात्र टाढा लुकेर बस्थे। टाउकोको मू... |
ट्रम्पको मानसिक स्वास्थ्यको ‘बचाउ’ | अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले आफूले राष्ट्रपति डोनल्ड ट्रम्पको मानसिक स्वास्थ्यबारे कहिल्यै प्रश्न नगरेको बताएका छन्। | एउटा विवादास्पद पुस्तकका लेखकले ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई 'केटाकेटी जस्तो' हेर्ने गरेको बताएपछि टिलर्सनको पछिल्लो भनाइ सार्वजनिक भएको हो। माइकल वूल्फले 'फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस' शीर्षकको आफ्नो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेको बताएका छन्। प्रकाशन रोक्ने ट्रम्पको प्रयत्नका ... |
ट्रम्प महाभियोगः सिनेटमा महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू | अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। | ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सयजना सिनेटरहरूलाई शपथ दिलाइएको छ। प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्याउन नभनेको बताए। ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध ... |
डोनल्ड ट्रम्पः साउदी तेल केन्द्र आक्रमणमा 'इरानको हात रहेको पक्का, तर युद्ध नहोस् भन्ने चाहना' | तेलको मूल्य वृद्धि निम्त्याउनेगरी साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा गरिएका आक्रमणमा इरानको हात रहेको लगभग स्पष्ट भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। | यसको प्रतिक्रिया कसरी दिने भन्नेबारे निर्णय लिनुअघि वाशिङ्टनले थप प्रमाण खोजिरहेको उनले उल्लेख गरे। तर युद्ध नहोस् भन्ने आफ्नो इच्छा भएको ट्रम्पले बताएका छन्। समाचारसंस्था एएफपीका अनुसार इरानले नै ती आक्रमण गरेको जस्तो देखिएको भन्दै उनले भने, "कसले गरेको हो हामी त्यो पत्ता लगाउन चाहन्छौँ।" "हामी निश्चय पनि युद्ध नहोस् ... |
यमन युद्ध: सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु | यमनमा विद्रोही हुथी समुदायबाट एउटा सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। | विद्रोहीले चलाइरहेको टेलिभिजन च्यानलले जनाए अनुसार देशको दक्षिणी तटीय शहर एडनमा भइरहेको परेडलाई क्षेप्यास्त्र र एउटा सशस्त्र ड्रोनको निशाना बनाइएको थियो। एडन यमनको अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकारको केन्द्र हो। यसअघि उक्त शहरको एउटा प्रहरी कार्यालयमा आत्मघाघी बम हमलामा १० जना मारिएका थिए। ती दुवै आक्रमणबीच कुनै सम्... |
अफ्गानिस्तानःअफिम उत्पादनमा 'वृद्धि' | संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो वर्षको तुलनामा अफ्गानिस्तानमा अफिमको उत्पादनमा ४३ प्रतिशतले वृद्धि हुनु चिन्ताको विषय भएको बताएका छन्। | लागुऔषध तथा अपराध मामिलासम्बन्धी राष्ट्रसंघीय कार्यालयका अनुसार त्यहाँ अफिमको बिरुवा रोप्ने क्षेत्रफलमा १० प्रतिशतले वृद्धि भएर २ लाख १ हजार हेक्टर पुगेको छ। प्रति हेक्टर जग्गामा राम्रो उत्पादकत्व भएकोले अफिमको उत्पादन समग्रमा बढेको राष्ट्रसंघले जनाएको छ। हेरोइन बनाउनका लागि चाहिने मुख्य कच्चा पदार्थ उत्पादन गर्ने अफ्ग... |
भारतमा अदालत जाँदै गर्दा 'बलात्कृत' महिलालाई आगो लगाइयो | एक २३ वर्षीया 'बलात्कार पीडित' महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएपछि उनी बाँच्नका लागि उत्तरी भारतस्थित एउटा अस्पतालमा सङ्घर्ष गरिरहेकी छन्। | उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन्। आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ। एक वरिष्ठ प्रहरी अधिकृतले बीबीसीलाई सो घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ गरिएकामध्ये एक... |
चीनमा मोबाइल फोन उपभोक्ताले पनि प्रयोग गर्न थाले तीव्र गतिको फाइभ जी सेवा | चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी (5G) सेवा उपलब्ध गराउन थालेका छन्। | राज्यद्वारा सञ्चालित चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीवारदेखि फाइभ जी डेटा योजना सुरु गरेका हुन्। प्रविधिको क्षेत्रमा चीन विश्वभरि अग्रणी बन्ने प्रयासमा छ। व्यापार र प्रविधिमा अमेरिकासँग तीव्र प्रतिस्पर्धा भइरहेको बेला चीनले द्रुत गतिको यो सेवा सञ्चालन गर्न थालेको हो। दक्षिण कोरिया, अमेरिका र यूकेले यही ... |
दांग दुर्घटना: विद्यार्थीहरू सवार बस दुर्घटनाग्रस्त हुँदा कम्तिमा २० जनाको मृत्यु | दांग जिल्लामा शुक्रबार सांझ भएको एक बस दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ। | मारिनेमा १३ जना पुरुष र ३ जना महिलाको भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उक्त बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीको भनाई छ। बस सडकबाट खस्दा टुक्रा टुक्रा भएको घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक, प्रेमबहादुर शाहीले जानकारी दिएका छन्। सल्यानबाट दाङ आउँदै गरेको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ... |
भारत निर्वाचन: उखुको मिठासले बदल्न सक्ला चुनावको स्वाद | हालसालै जब प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशमा एक चुनावी सभा गरिरहेका थिए तब उनी उखु किसानसमक्ष एउटा बाचा गर्न बाध्य भए। | भारतमा करिब ३ करोड किसान उखु खेती गर्छन् यी किसानहरू त्यो राज्यका हुन् जहाँ भारतीय जनता पार्टीको सरकार छ। उखु किसानहरू चिनी उद्योगले पैसा नदिएर एकदमै आक्रोशित छन्। उनीहरूले त्यही कारण विरोध प्रदर्शन गरे र रेल सञ्चालन नै ठप्प पारे। नरेन्द्र मोदीले सभामा भने, "मलाई थाहा छ उखुको रकम तपाईँहरूले पाउन बाँकी छ। म यो सुनिश्चित... |
हर्मुज स्ट्रेट: ब्रिटिश जहाजहरूलाई खाडीको जल क्षेत्रमा सावधानी अपनाउन निर्देशन | ब्रिटेनले आफ्नो देशको ध्वजाबाहक पानीजहाजहरूलाई खाडी क्षेत्रको स्ट्रेट अफ हर्मुज भनिने जल क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ। | तीन वटा इरानी जहाजले एक ब्रिटिश तेल ट्याङ्करको बाटो छेक्न खोजेको विवरण आएपछि त्यस्तो निर्देशन दिइएको हो। ब्रिटेनको यातायात मन्त्रालयले ब्रिटिश पानीजहाजहरूलाई दिनको समयमा तीव्र गतिमा अघि बढ्ने सुझाव दिएको बुझिएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले चाहिँ समुद्र क्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाजहरूको स्वतन्त्र आवतजावतका लागि क... |
किन आए म्यानमारका सेना प्रमुख नेपाल? | आफ्नै देशका रोहिंज्या अल्पसंख्यकहरुमाथि 'जातीय सफाया' गरिरहेको आरोप खेपिरहेका म्यानमारका सेना प्रमुख यतिबेला चार दिने भ्रमणमा काठमाण्डूमा छन्। | नेपालले रोहिज्या संकट म्यानमारको आन्तरिक मामिला भएको बताएको छ वर्षौंदेखि आन्तरिक द्वन्द्वमा फसेको म्यानमारका सेनाप्रमुखको नेपाल भ्रमण यहाँको शान्ति प्रकृया र त्यसमा पनि खासगरी विद्रोही सैनिक तथा हतियारको व्यवस्थापनबारे बुझ्न केन्द्रित रहेको नेपाली सेनाले जनाएको छ। तर कतिपय मानव अधिकारकर्मीहरुले राष्ट्रसंघ सहितका अन्तर्... |
मन्त्रिपरिषद् बैठक सम्पन्न, चासो संवैधानिक परिषद्को बैठकमा | आकस्मिक रूपमा डाकिएको मन्त्रिपरिषद्को बैठक नियमित विषयमा सीमित भएर सकिएको एकजना मन्त्रीले जानकारी दिएका छन्। | संवैधानिक परिषद्लगत्तै बसेको बैठक नियमित भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। कतिपयले संवैधानिक परिषद्को बैठक दोस्रो पटक पनि औपचारिक रूपमा हुन नसकेकाले 'त्यसको गाँठो फुकाउन कतै अध्यादेश ल्याइने त होइन?' भन्ने अनुमान र आशङ्का प्रवाह भएका थिए। "तर त्यसबारे कुनै छलफल नै भएन," मन्त्... |
राष्ट्रिय चरा डाँफे संकटमा किन | चराचुरुङ्गीबीचको आन्तरिक द्वन्द्व तथा चोरीसिकार जस्ता कारणले हिमाली भेगमा पाइने सुन्दर डाँफे चराकोको संख्या कम हुँदै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ। | रबिना बोहरा, बागलुङ हिमरेखा क्षेत्रमा बस्न रुचाउने लजालु र काँतर स्वभावका डाँफे चरा ढोरपाटन क्षेत्रमा पनि काग तथा बाजले जिस्काउने र लखेट्दा भाग्ने क्रममा ठोक्किएर मर्ने गरेको बताइएको छ। हिमाली भेगमा पाइने रङ्गीचङ्गी डाँफे नेपालको राष्ट्रिय चरा हो। जाडो याममा लालीगुराँस फुल्ने जंगल तथा गर्मीमा माथिल्लो बुकी क्षेत्रमा सम... |
कोरोना भाइरस नेपाल: थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि | नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। | यो सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण... |
इथियोपिया विमान दुर्घटना: बोइङ चालकहरूले 'प्रयास गरे तर जोगाउन सकेनन्' | गत महिना दुर्घटनाग्रस्त भएको इथियोपियन एअरलाइन्सको विमान भुइँमा बजारिनुअघि त्यसको चुच्चो धेरै चोटि तलतिर सोझिएको एउटा प्रारम्भिक प्रतिवेदनले बताएको छ। | सो दुर्घटनाबारे प्रकाशित पहिलो प्रतिवेदनमा विमानलाई जोगाउन चालकहरूले बारम्बार बोइङले सिफारिस गरेका विधिहरू अवलम्बन गरेको उल्लेख छ। तर प्रयास गरे पनि उनीहरूले विमानलाई नियन्त्रणमा राख्न नसकेको इथियोपियाका यातायात मामिलामन्त्री डाग्मवित मोगेसले बताइन्। आदिस अबाबाबाट उडेको विमान ईटी३०२ केही मिनेटमै दुर्घटनामा पर्दा १५७ जन... |
रुसी विपक्षी नेता नभाल्नी पक्राउ | रुसका विपक्षी नेता एलेक्से नभाल्नीलाई आगामी मार्चमा हुने राष्ट्रपतीय चुनावको विरोधमा बोलाइएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। | सामाजिक संजाल ट्वीटरमा एक सन्देश राख्दै नभाल्नीले आफूलाई हिरासतमा लिइएको बताउँदै आफ्ना समर्थकहरुलाई देशव्यापी विरोधप्रदर्शनमा भाग लिन आह्वान गरेका छन्। विपक्षी नेता नभाल्नीको ट्वीटर पेजमा राखिएको एक भिडिओमा प्रहरीले उनलाई हिरासतमा लिने क्रममा भुइँमा लडाएको देख्न सकिन्छ । ट्वीटरमा सन्देश राख्दै नभाल्नीले भनेका छन्, "एक ... |
कोरोना भाइरस खोपः यी मानिस सङ्क्रमित भएर अनुसन्धानमा सघाउन चाहन्छन् | के तपाईँ आफ्नो नाकभित्र जानीजानी कोरोनाभाइरस हाल्न तयार हुनुहुन्छ? त्यो पनि विज्ञानको नाममा! | केही मानिसहरू त्यसो गर्न तयार छन्। अनि 'वन डे सूनर' नामक अभियान सञ्चानल गरेर उनीहरू चुनौतीका रूपमा त्यस्तो परीक्षण गर्न अनुमति पाइयोस् र कोरोनाभाइरसविरुद्ध खोप विकास र जाँच चाँडो होओस् भन्ने चाहन्छन्। हामीले स्वेच्छाले त्यस्तो अभियानमा सहभागी हुन चाहने विभिन्न देशका छ जनासँग कुरा गरेका छौँ। उनीहरू आफूलाई कोभिड-१९ बाट क... |
नासाको चन्द्र अभियान लागि नयाँ अन्तरिक्षयात्रीको खाँचो, यस्तो चाहिन्छ योग्यता | विश्वभरिका केटाकेटी तथा वयस्क सबैले अन्तरिक्षको भ्रमणमा जाने सपना देख्ने गर्छन्। | विगत आधा शताब्दीमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको छ। नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ। त्यसका लागि उसले उम्मेदवारहरू खोजी गरिरहेको छ। मार्च २ देखि ३१ तारिखसम्म त्यसका लागि आवेदन खुल्दैछ। त्यस्तो उम्मेदवार बनेर अन्... |
टर्की जनमत संग्रहमा एर्दोआनको जीत | टर्कीको निर्वाचन बोर्डका प्रमुखले आइतबार भएको जनमत संग्रहमा राष्ट्रपति रजेप तायप एर्दोआन साँघुरो अन्तरले विजयी भएको बताएका छन्। | ९९ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा राष्ट्रपतिको उल्लेख्य रुपमा अधिकार बढाउनुपर्ने एर्दोआनको अभियानले ५१ प्रतिशत भन्दा अलिकति बढी मत पाएको जनाइएको छ। टर्कीको प्रमुख विपक्षी दल सिएचपीले जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएको छ। उसले छाप नलागेका मतपत्रहरुलाई मतदान केन्द्रहरुले मान्यता दिने जस्ता धाँधलीपूर्ण गतिविधि भ... |
चीनमा नजरबन्द उइगर महिलाको सन्देश ट्विटरमा | "म यहाँबाट निस्कन र मेरा श्रीमान्सँग हुन चाहन्छु," मङ्गलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिएको एउटा हस्तलिखित पत्रको तस्बिरमा उल्लेख गरिएको छ। | उक्त पत्र लेख्ने नादिला वुमैर चीनमा रहेका उइगर मुस्लिम अल्पसङ्ख्यक समुदायकी सदस्य हुन् जो चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा आफ्ना दुई वर्षे छोरासहित नजरबन्दमा रहेको बताइएको छ। एउटा अस्ट्रेलियन टेलिभिजनमार्फत् एक चिनियाँ अधिकारीले उनी आफ्नै इच्छाले चीनमा बसिरहेको बताएपछि आफ्नो सन्देश थाहा होस् भनेर वुमैरले त्यस्तो गरेक... |
हङ्कङ तनावः प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो | चीनले कम्युनिस्ट शासन स्थापना भएको ७० औँ वर्षगाँठको उत्सव मनाउँदै गर्दा हङ्कङमा भने प्रहरी र प्रदर्शनकारीबीच हिंस्रक झडप भएका छन्। | पन्ध्रजना मानिसलाई अस्पताल लगिएको छ र कम्तीमा एकजना गम्भीर अवस्थामा छन्। विवरणहरूमा जनाइए अनुसार एकजना प्रदर्शनकारीले प्रहरी अधिकारीलाई लट्ठीले प्रहार गरेपछि प्रहरीले उनको छातीमा गोली हानेको छ। छातीमा गोली लागेका १८ वर्षीय युवकका सहपाठीले बीबीसीलाई बताए अनुसार उनीहरूका शिक्षकले घटनाबारे जानकारी गराएका हुन्। तागत बेइजिङ... |
विपद्सम्बन्धी पूर्वतयारीमा थप ध्यान देऊ: विज्ञ | तीन वर्षअघि आजकै दिन गएको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भए पनि भविष्यमा आउन सक्ने त्यस्तै खाले विपद्को सामना गर्ने पूर्वतयारीमा पर्याप्त सचेतता नअपनाइएको विज्ञहरूले बताएका छन्। | विगतको तुलनामा सर्वसाधारण केही सजग हुन खोजे जस्तो देखिए पनि जीवन रक्षासँग सम्बन्धित भवन निर्माण, सडक, शिक्षा, स्वास्थ्य जस्ता विषयमा अहिलेको तुलनामा थप सजगता देखिन जरूरी रहेको उनीहरू बताउँछन्। तीन वर्षअघिको विनाशकारी भूकम्पमा झण्डै ९ हजारको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। त्यसबाट भएको क्षतिबाट सामा... |
इरानले सैनिक परेड आक्रमणको दोष कसलाई लगायो | इरानी नेताहरूले एहवाज शहरमा भएको सैनिक परेडमा गोली प्रहारका लागि अमेरिका समर्थित खाडी देशहरू जिम्मेवार रहेको आरोप लगाएका छन्। | बन्दुकधारीहरूले रिभोलुस्नरी गार्ड ट्रुप्स र अधिकारीमाथि लक्षित गरी गोली प्रहार गरेको हुन सक्ने ठानिएको छ। परेडको अवलोकन गरिरहेका सर्वसाधारण र परेडमा संलग्न सैनिकहरूमाथि भएको सो हमलामा चार वर्षिया एक बालिकासहित २५ जनाको ज्यान गएको थियो। चार जना आक्रमणकारी सुरक्षा कारबाहीमा मारिएका थिए। सर्वोच्च नेता अयातुल्लाह अलि खामेन... |
फिलिपिन्स आँधीः '१०० बढीको मृत्यु’ | दक्षिणी फिलिपिन्समा आँधीका कारण १०० जना भन्दा बढीको ज्यान गएको अधिकारीहरुले बताएका छन्। | आँधीपछि आएको बाढी र पहिरोमा दर्जनौं हराइरहेको बताइएको छ। टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ। टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएका छन् जहाँ कैयौँ घरहरु ढुङ्गाले पुरिएका छन्। पश्चिमतर्फ थप अगाडि बढ्नुअघि प्रतिघण्टा ८० किलोमिटर वेगको उक्त आँधी मिन्डनाओ टापु पार गर्दै दक्... |
'सगरमाथा आरोही शेरचनको मृत्यु' | सगरमाथा आरोही मीनबहादुर शेरचनको शनिबार साँझ सगरमाथा आधार शिविरमा मृत्यु भएको छ। | ८६ वर्षीय शेरचन पश्चिम नेपालको म्याग्दी जिल्लाका थिए। उनको मृत्य भएको पुष्टि गर्दै पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने, "सगरमाथा आधार शिविरमा शनिबार साँझ ५ बजेर १४ मिनेटमा मीनबहादुर शेरचनको मृत्यु भएको हामीले खबर पाएका छौँ।" उनको मृत्युबारे थप विवरण आउन बाँकी रहेको भट्टराईले बताए। १३ दिनअघि उनी आरोहणका लागि ... |
भारतबाट नेपाली मजदुर र विद्यार्थीको आग्रह: 'हामीलाई नेपाल फर्काउ' | दार्चुला पारि भारतीय क्षेत्र धार्चुलामा फसिरहेका र स्वदेश फर्कन खोजिरहेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न नदिइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बीबीसीलाई बताएका छन्। | भारतको पञ्जाबमा अध्ययनरत विद्यार्थीहरू उनले भने, “लक डाउन नखुलेसम्म जो जहाँ छन् त्यहीँ बस्नुपर्छ अहिले हामी सीमा खोल्न सक्दैनौँ।” उनीहरूले आफ्नो देश फर्कन देउ भनेर नाराबाजी गरिरहेको भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। सीमा क्षेत्रमा आइपुगेका मात्र होइन भारतका विभिन्न स्थानमा बसेका नेपालीहरूले पनि आफ्न... |
ब्रिटेनलाई आईएमएफले किन दियो चेतावनी | अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले विश्व व्यापार संगठनको प्रावधान अनुसार ब्रेक्जिट सहमति हुन नसके ब्रिटेनको अर्थतन्त्रले 'ठूलो मूल्य चुकाउनुपर्ने' चेतावनी दिएको छ। | अलग्गिएका सबै सम्भावित परिस्थितिमा ब्रिटेनले मूल्य चुकाउनुपर्ने भए पनि अव्यवस्थित तरिकाले ईयूबाट बाहिरिए 'त्यसको नकारात्मक परिणाम आउनसक्ने' आईएमफले बताएको छ। चुनौतीहरू भएको भन्दै सहमतिका लागि सम्भावना पनि कम पनि उसले जनाएको छ। यूरोपेली संघ (ईयू) बाट ब्रिटेन बाहिरिने (ब्रेक्जिट) सम्बन्धी विस्तृत सम्झौता भए सन् २०१८ र ... |
आप्रवासी परिवारलाई सँगै रहन दिन्छौँः ट्रम्प | बालबालिकाहरूलाई अलग गरिदिएकोमा चर्को आक्रोशहरू व्यक्त भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीका परिवारका सदस्यहरूलाई साथसाथै रहन अनुमति दिने आदेशमा हस्ताक्षर गर्ने बताएका छन्। | दर्ता नगरिएका आप्रवासीका बालबालिकाहरूलाई आमाबुवाबाट छुट्याउने अमेरिकी कदमको अन्तर्राष्ट्रिय रूपमैँ आलोचना भएको थियो। बच्चाहरूका तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन्। अब त्यस्तो नीतिलाई उल्ट्याउने आदेशमा बुधवार हस्ताक्षर गरेपछि ट्रम्पले परिवारहरूलाई एकै ठाउँमा राखिने बताए। 'गम्भीर' उनको आदेश कहिलेबाट कार्... |
कोरोना भाइरस: सङ्क्रमितको कुल सङ्ख्यामा भारतले इटलीलाई उछिन्यो | भारतमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढेर अहिले दुई लाख ३६ हजार नाघेको छ। | त्यहाँ कोभिड-१९ ले साढे ६ हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ। अहिले संसारभरिमा कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ६७ लाखभन्दा धेरै पुगेको छ। साथै झन्डै चार लाख मानिसको ज्यान गइसकेको छ। कोभिड-१९ महामारीबाट सर्वाधिक प्रभावित अमेरिकामा झन्डै १९ लाख सङ्क्रमित छन्। त्यसपछि क्रमश: ब्रजिल (छ लाखभन्दा धेरै), रुस (साढे च... |
क्रिकेटर पारसले रचे इतिहास: एकदिवसीय शतक हान्ने पहिलो नेपाली | कप्तान पारस खड्का एकदिवसीय क्रिकेटमा एक सय रन प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। | पारसले एकदिवसीयमा नयाँ इतिहास रचे। त्यसका लागि उनले ९२ बल खेले। अनि १३ चौका र एक छक्का हाने। उनको प्रदर्शनको भरमा नेपाली टोली २५५ रनको लक्ष्य पछ्याउने क्रममा बलियो स्थितिमा पुगेको छ। गत मार्चमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पाएपछि खेलेको नेदरल्यान्ड्स विरुद्धको पहिलो एकदिवसीय शृङ्खलामा अर्ध... |
कोरोनाभाइरसः पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा सङ्क्रमण | जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्। | उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्। उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत् स्वदेश फर्किरहेका छन्। तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ। असुरक्षित झन्डै ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाज... |
तस्बिरहरू: अमेरिकी संसद्भित्र प्रदर्शनकारी | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थनमा प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गरेका छन्। | प्रदर्शनकारीको प्रवेशपछि संसद्को कारबाही बन्द भएको र सुरक्षाकर्मीले सांसदहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिनुपरेको थियो। जो बाइडनको विजयलाई औपचारिकता दिन संसद्को बैठक डाकिएको थियो। प्रदर्शनकारीहरू पसेपछि संसद् भवन क्यापिटलमा के भयो? हेर्नुहोस् तस्बिरमा: संसद् भवनको बाहिर प्रदर्शनकारीहरू बेलुकासम्म बसेका थिए एक प्... |
सरकारी निर्णयले द्वन्द्व निम्त्याउँछ: व्यवसायी | यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिका चल-अचल सम्पत्तिलाई सरकारको मातहत ल्याउने निर्णयले व्यवसायीहरूको मौलिक हक हनन हुने भन्दै उनीहरूले त्यसो नगर्न सरकारलाई चेतावनी दिएका छन्। | खासगरी सवारी दुर्घटना हुँदा र घाइतेहरूको उपचारका निम्ति राखिएको चल सम्पत्ति कानूनी रुपमा सरकारकै मातहत हुने भन्दै त्यसलाई बदल्न नसकिने अधिकारीहरूको भनाइ छ। देशभर तीन सयभन्दा बढी यातायात समितिको करोडौँ रुपैयाँ बराबरको सम्पत्ति रहेको बताइन्छ। यातायात व्यवसायी समितिको चल अचल सम्पत्ति कब्जा गर्ने सरकारले प्रयास गरे त्यसको ... |
कोरोनाभाइरसः कतारमा कार्यरत नेपाली श्रमिक सोध्छन्, 'खोइ त हाम्रो सरकार' | चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत खाडी राष्ट्र कतारमा शुक्रवारसम्म ५४९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ। | कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् २८ लाखभन्दा केही बढी जनसङ्ख्या रहेको कतारमा त्यसको लगभग १५ प्रतिशत मात्रै कतारीहरूले ओगट्ने र बाँकी अन्य देशबाट आएका श्रमिक रहेको बताइन्छ। कतारको जनस्वास्थ्य मन्त्रालयले १३ हजार छ सयभन्दा बढीमा परीक्षण गरिएको भने पनि कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको राष्ट्रियता खुल्न... |
बालयौन दुराचार: किन काठमाण्डू उपत्यकामा ‘सबैभन्दा बढी’ घटना | मुलुकी संहिताले बालयौन दुराचारको विषयलाई छुट्टै अपराधको रूपमा राखेयता बालयौन दुराचारमा संलग्न १२९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। | त्यसमध्ये विदेशी नौ जना र स्वदेशी १२० जना छन्। गत वर्षसम्म यस्तो अपराधलाई बलात्कार र बलात्कारको उद्योगका रूपमा लिइने गरिन्थ्यो। जसका कारण विगतमा यस्ता घटनामा संलग्न कति मानिस कारबाहीको दायरामा आए भन्ने यकिन तथ्याङ्क प्रहरीसँग छैन। एक वर्षको अवधिमा देशभरि बालबालिलाई यौन दुराचार गरिएका १५७ वटा मुद्दा दर्ता भएका छन्। प्रल... |
कोरोनाभाइरस: अन्तर्राष्ट्रिय उडानको प्रतिबन्धले नरोक्ने यी अन्तर्राष्ट्रिय उडान | सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आइतवार मध्यरातीबाट लागु हुँदैछ। | तर अधिकारीहरूका अनुसार सरकारको 'निर्णय' ले विदेश फर्किन चाहनेहरूको निम्ति विकल्प पनि खुला गरेको छ। जस अनुसार केही विमान कम्पनीले उडान जारी राख्ने बताइएको छ। उपप्रधानमन्त्री इश्वर पोख्रेल नेतृत्वको उच्चस्तरीय समितिले यसअघि नै "युरोपका सबै मुलुकहरू, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण ... |
कोभिड नेपाल: भारतीय भेरिअन्ट भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि | नेपालमा कोभिड-१९ को नयाँ भेरिअन्ट भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। | देशका विभिन्न भागबाट गत हप्ता सङ्कलन गरिएका कोभिड-१९ सङ्क्रमितहरूका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा भारतस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा ३४ वटा नमुनामा बी.१.६१७.२ भेरिअन्ट र एउटा नमुनामा बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको मन्त्रालयले बताएको छ । ''यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन ... |
कोरोना भाइरस अमेरिका: एकै दिनमा सर्वाधिक कोभिड-१९ बिरामीको मृत्यु, ट्रम्पद्वारा डब्ल्यूएचओको चर्को आलोचना | संयुक्त राज्य अमेरिकामा मङ्गलवार कोरोनाभाइरस सङ्क्रमणका कारण एकै दिनमा सर्वाधिक १,८०० जनाभन्दा बढीले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ। | न्यूयोर्कको अस्पतालमा काम गर्ने एक स्वास्थ्यकर्मी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यससँगै अमेरिकामा कोभिड-१९ भएर मृत्यु हुने मानिसको सङ्ख्या करिब १३,००० पुगेको छ। अमेरिकामा अहिलेसम्म झन्डै चार लाख मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या १४ लाखभन्दा बढी छ। देशहरूमध्ये अमेरिकाम... |
'सहअध्यक्षको सूत्रमा एमाले-माओवादी एकता नजिक' | माओवादी केन्द्रका एकजना नेताका अनुसार एकता महाधिवेशनसम्मका निम्ति एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै सहअध्यक्ष रहने सांगठनिक ढाँचामा सहमतिको सम्भावना छ। | नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रयास निष्कर्ष नजिक पुगेको दुवै दलका नेताहरुले जनाएका छन्। दुवै दलका अध्यक्षबीच सोमवार भएको छलफलपछि एकता प्रक्रियामा देखिएको गतिरोध खुलेको बताइएको छ। एमाले र माओवादी केन्द्रका अध्यक्षबीचको छलफल निचोडमा पुग्नै लागेको दुवै दलका नेताले जनाए पनि एमाले नेता प्रष्ट खुलेको पाइँदै... |
फेसबुक प्रमुख अनुपस्थित भएपछि नौ राष्ट्रका सांसद आक्रोशित | फेसबुकका कार्यकारी अधिकारी रिचर्ड अलनलाई लन्डनमा विभिन्न नौ राष्ट्रका सांसदहरूले गलत सूचना र समाचारको अनपेक्षित अन्तर्राष्ट्रिय चासोबारे प्रश्नहरू सोधेका छन्। | सांसदहरूको प्रश्नको जवाफ दिँदै फेसबुकका कार्यकारी अधिकारी रिचर्ड अलन। उपस्थित हुन भनिएका फेसबुकका संस्थापक मार्क जकर्बर्ग अनुपस्थित भएपछि आक्रोशित राजनीतिकर्मीहरूले उनीमाथि रोष प्रकट गरेका हुन्। उनीहरूले फेसबुकको नीति र कार्यशैलीसँगै बारम्बार संस्थापक जुकर्बर्गको अनुपस्थितिबारे प्रश्नहरू दोहोर्याए। प्रमाण आर्जेन्टिना,... |
कोरोनाभाइरस: नेपालमा थप तीन जनामा सङ्क्रमण, पहिलो पटक स्थानीय रूपमा सरेको पुष्टि | स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत् नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ। | तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन्। "कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको परिवारकी एक सदस्यलाई कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको छ," स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बीबीसी न... |
सीमा सुरक्षा: मर्मत गरिनुपर्ने ३७ सयमध्ये २२ सय सीमास्तम्भ गायब | सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको तथ्याङ्क अनुसार भारत र चीनसँग सीमाना जोडिएका ३५ जिल्लामा ३,७०० भन्दा बढी सीमास्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन्। | सशस्त्र प्रहरीको अभिलेखमा ८,१८१ सीमास्तम्भ रहेको भएपनि नापी विभागले करिब ८,५०० सीमास्तम्भ रहेको बताउने गरेको छ। सीमा क्षेत्रका दुई हजारभन्दा बढी स्तम्भहरू बेपत्ता रहेको र दुई सयभन्दा बढी नदीले बगाएको हुनसक्ने अधिकारीहरू बताउँछन्। सीमामा खटिएका प्रहरीले सङ्कलन गरेका विवरणका आधारमा सीमास्तम्भहरूको अवस्था अद्यावधिक गरी ग... |
नेपाल: विदेशी पर्वतारोहीलाई 'बिरामी बनाई उद्धारका नाममा ठगी' | हिमाल आरोहणमा जाने विदेशी पर्यटकलाई नियतवश बिरामी बनाई उद्धारका नाममा ठगी गर्ने प्रवृत्ति बढेको पाइएको अधिकारीहरूले बताएका छन्। | उद्धारका नाममा हेलिकप्टरदेखि अस्पतालसम्मको खर्च जोडी लाखौँ रुपैयाँ असुल्ने गरेको उजुरी बढेपछि सरकारले छानबिन कार्यदल गठन गरेको छ। बिरामी पर्यटकले उपचारमा खर्च गरेको रकम विदेशी बीमा कम्पनीसँग दाबी गर्ने भएकाले यस्तो प्रवृत्तिले नेपालको समग्र पर्यटन उद्योगलाई नै बदनाम गराउने भन्दै सरकारी छानबिन कार्यदलका अधिकारीहरूले दोष... |
कोरोना भाइरस: ट्रम्पद्वारा अमेरिकी राज्यहरूको लकडाउन विरोधी आफ्ना ट्वीटको बचाउ | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही अमेरिकी राज्यमा बन्दाबन्दीविरोधी प्रदर्शनलाई समर्थन गरेको देखिनेगरी गरिएका आफ्ना ट्वीटको बचाउ गरेका छन्। | मिसिगनमा 'क्वारन्टीन अति भयो' भनेर सडकमा प्रदर्शन भएको थियो शुक्रवारको आफ्नो नियमित पत्रकार सम्मेलनमा उनले मिनेसोटा, मिसिगन र भर्जिनिया राज्यले केही 'निकै कडा' प्रतिबन्धका उपायहरू अपनाएको बताएका थिए। त्यसअघि उनले एकपछि अर्को ट्वीटहरू गर्दै ती राज्यहरू 'खुला छाड्नुपर्ने' बताएका थिए। उनका ट्वीटहरूमा लेखिएको थियो: "लिबरेट... |
भारु साट्ने अधिकतम सीमाबारे ‘मतभेद’ | भारतले प्रतिबन्ध लगाएका एक हजार र पाँच सय दरका नोट प्रतिव्यक्ति कतिसम्म साट्न दिने भन्नेमा दुई देशका अधिकारीबीच जारी वार्तामा मतभेद देखिएको राष्ट्र ब्यांकका अधिकारीले बताएका छन्। | कानूनी रुपमा प्रतिव्यक्ति राख्न दिइएको अधिकतम २५ हजारसम्म साट्नुपर्ने अडान नेपाली पक्षको छ। तर भारतीय अधिकारी केही हजार मात्र साट्न तयार देखिएको बताइएको छ। प्रतिबन्धित नोट साट्ने समयसीमा भारतमा सकिएको तीन महिना हुन लाग्दा नेपालमा रहेका भारतीय नोट साट्ने विषयमा दुवै पक्षबीच कुरा अघि बढेको देखिएको छ। निर्क्योल पटक-पटकका ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.