title stringlengths 10 138 | summary stringlengths 17 955 | text stringlengths 111 16.8k |
|---|---|---|
सभामुखमा महरा उपयुक्त, त्यसैले सहयोग: कांग्रेस | राष्ट्रपति पदमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरालाई परोक्ष सहयोग गरेको छ। | अरू कसैको उम्मेदवारी नपरेको हुँदा महरा निर्विरोध निर्वाचित हुने भएका छन् अरू कसैको उम्मेदवारी नपरेको हुँदा महरा निर्विरोध निर्वाचित हुने भएका छन्। हार्ने निश्चित हुँदाहुँदै वाम गठबन्धनकी उम्मेदवार एवम् बहालवाला राष्ट्रपतिविरुद्ध उम्मेदवार उठाएको नेपाली कांग्रेस किन सभामुखको निर्वाचनमा मौन बस्यो त? "आफूले गर्नु पर्ने का... |
ट्रम्पले के कारण टर्कीलाई दिए अर्थतन्त्र सखाप पारिदिने चेतावनी | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन्। | उत्तर-पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने उनले लिएको आश्चर्यपूर्ण निर्णयको टर्कीले फाइदा उठाउन खोजे आफूले कडा कदम चाल्ने चेतावनी उनले दिएका हुन्। ट्रम्पको भनाइ टर्कीले उसको सीमा पार सिरियाली क्षेत्रमा रहेका कुर्द फौजमाथि पहिले देखि उसले चाहना गर्दै आएको हमला गर्ने योजना गरिरहेको छ। ट्रम्पले अङ्काराले ज्यादती ... |
भारत निर्वाचन: नरेन्द्र मोदीविरुद्ध बनारसमा उठेका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ। | उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का जवान तेजबहादुर यादवको उम्मेदवारी बनारसको निर्वाचन कार्यालयले रद्द गरिदिएको हो। उनले पाकिस्तानस्थित सीमाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई गुणस्तरहीन खाना दिने गरिएको भन्दै सार्वजनिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि त्यसले ठूलै तरङ... |
भ्लादिमिर पुटिनः जासुसदेखि राष्ट्रपतिसम्म | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि सोमवार शपथ ग्रहण गर्दैछन्। | गत मार्चमा सम्पन्न चुनावबाट उनी चौथो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए। विगत १८ वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा पुटिन सत्तामा रहिआएका छन् र विरोधीहरूले उनको कार्यकाललाई सम्राटको शासनसँग जोडेर हेर्ने गरेका छन्। उनको शासनविरूद्ध शनिवार मस्को तथा अन्य शहरहरूमा उत्रिएका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडपह... |
कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा 'जनता-कर्फ्यु'को अपील | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही हप्ता अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र सकेसम्म घरबाटै काम गर्न अपील गरेका छन्। | देशवासीका नाममा बिहीवार साँझ सम्बोधन गर्दै उनले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गरे (फाइल तस्बिर) देशवासीका नाममा बिहीवार साँझ सम्बोधन गर्दै उनले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गरे। प्रधानमन्त्री मोदीले मार्च २२ तारिखका दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म 'जनताले जन... |
अमेरिकी राष्ट्रपति ट्रम्प अरूको युद्ध लड्नको लागि किन रकम माग्दै छन्? | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सामाजिक सञ्जालबाट आफ्ना नीति एवम् योजना घोषणा गर्ने र विवादास्पद टिप्पणी गर्ने नेताका रूपमा चिनिन्छन्। | तर उनको यो बानी सामाजिक सञ्जालमा मात्रै सीमित छैन। सञ्चारमाध्यमसँग कुराकानी गर्दा होस् वा सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा होस्, उनी अरूलाई छक्क पार्ने गरी केही न केही गरिहन्छन्। क्रिस्मसको राति आकस्मिक रूपमा इराक पुगेका उनले 'अबदेखि अमेरिकी सेनाबाट सुरक्षा खोज्ने राष्ट्रले त्यसको शुल्क तिर्नुपर्ने' आशयको टिप्पणी गर... |
विमान दुर्घटनाः अन्तर-निकाय ‘समन्वय अभाव’ | गत सोमवार भएको युएस-बांग्ला विमान दुर्घटनापछिको उद्धार कार्य तथा विमानस्थलकै सुरक्षासम्बन्धी निकायबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै त्यसबारे पुनर्विचार गर्न लागिएको अधिकारीहरूले बताएका छन्। | सुरक्षासम्बन्धी बैठकले पनि विमानस्थलको सुरक्षा थप कडा पार्नेदेखि त्यस्ता दुर्घटना हुँदा प्रहरी, सेना लगायत उद्धारमा खटिने निकायबीच तत्काल सूचना आदानप्रदान र थप समन्वय गर्नेसम्मका निर्णय गरेको छ। युएस-बांग्ला विमान दुर्घटनाका बेला दुर्घटनास्थलमा उद्धारमा खटिएका कर्मचारीबीच चुस्त समन्वय हुन नसकेको निचोडमा स्वयं सरकारी नि... |
युवालाई ऋण: ब्याङ्क भन्छन्, 'लगानी सुरक्षित होस्' | सरकारले युवाहरूलाई व्यवसायमा आकर्षित गर्न भन्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन ल्याएको योजना कार्यान्वयन गर्न प्रमाणपत्रको प्रतिलिपि निकाल्न नमिल्ने व्यवस्था गरिनुपर्ने ब्याङ्कहरूको छाता संगठनले जनाएको छ। | विगतका वर्षहरूमा कर्जा भुक्तानीको प्रक्रिया के हुने भन्ने जस्ता अन्योल रहेका कारण कार्यान्वयन गर्न समस्या परेकाले निर्देशिकामार्फत स्पष्ट व्यवस्था हुनुपर्ने ब्याङ्कहरूले जनाएका छन्। सरकारले भने प्रमाणपत्र धितो राखेर दिइएको ऋणको र सञ्चालन गरिएको व्यवसायको सुरक्षाबारे उचित व्यवस्था गरिने जनाएको छ। तलब बढेन, आयकरमा फेरबदल... |
कोभिड नेपालः के सङ्क्रमितको उपचारमा रेम्डेसिभिर र प्लाज्मा थेरापी नभई नहुने हो | नेपालमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढिरहँदा बिरामीका आफन्तले रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीका लागि रगत खोज्ने क्रम पनि बढिरहेको देखिन्छ। । | पछिल्लो समय सामाजिक सञ्जालमै पनि दिनहुँजसो मानिसहरूले रेम्डेसिभिर र रगतको उपलब्धताबारे सहयोग माग्ने गरेका छन्। माग बढेसँगै व्यापारीहरूले रेम्डेसिभिरको मूल्य बढाएको गुनासोबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार रेम्डेसिभिरको काठमाण्डूस्थित आधिकारिक आयातकर्ताको सम्पर्क र मूल्यसहित एउटा सूचना नै जारी गर्नुपर्यो। म... |
कोरोनाभाइरस: स्थलमार्गबाट धेरै विदेशी नेपाल आउने बेलहिया नाकामा स्वास्थ्य जाँचको स्थिति के छ | नेपालमा विदेशबाट कोरोनाभाइरसको सङ्क्रमण भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने बताएको छ भने भारत र चीनसँगका सीमानाकाहरूमा स्वास्थ्य सहायता कक्षहरू संचालन गरिरहेको छ। | कोभिड-१९ को संक्रमणको त्रास फैलिरहँदा हवाई मार्गबाट विदेशबाट मानिसहरू नेपाल भित्रिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका सीमानाकामा स्वास्थ्य जाँच गर्ने जनशक्ति, उपकरण लगायतका व्यवस्थामा सर्वसाधारणले पनि विशेष चासो अनि चिन्ता व्यक्त गरिरहेका छन्। चिन्ताका प्रसंगमा कोरोनाभाइरस संक्रमण रहे नरहेको जाँच गर्नका ... |
वार्तामा आउलान् त असन्तुष्ट समूहहरू? | भदौ ८ गते सरकारद्वारा गठित एक अधिकारसम्पन्न राजनीतिक वार्ता टोलीले सोमबार एक पत्रकार सम्मेलनमार्फत् असन्तुष्ट एवम् द्वन्द्वरत राजनीतिक समूहहरूलाई वार्तामा आउन आग्रह गरेको छ। | कतिपय असन्तुष्ट समूहहरूले 'दमन र धरपकड' नरोकिएसम्म वार्ताको वातावरण बनिनसकेको बताएका छन्। विगतमा गठित समितिका अधिकारीहरूले भने संवादलाई तार्किक निष्कर्षमा पुर्याउन वार्ता समितिसँग भएको अहिलेको अधिकार मात्रै पर्याप्त नहुने बताएका छन्। कम्तीमा २३ वटा असन्तुष्ट एवम् द्वन्द्वरत समूहको पहिचान भइसकेको बताइएता पनि उनीहरूलाई ... |
नेपाल-चीन रेलमार्गको अध्ययन 'अढाई महिनामै' | नेपाल र चीनबीच बहुचर्चित रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन अबको साढे दुई महिनामा पूरा गर्ने समझदारी भएको छ। | प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षी ली खच्याङबीच बेइजिङमा बिहीवार भएको भेटपछि दुवै देशका उच्चपदस्थ अधिकारीहरूबीच त्यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो। बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार सम्भाव्यता अध्ययन चाहिँ पूर्वसम्भाव्यता सकिएलगत्तै थाल्ने सहमति भएको छ। बेइजिङबाट बीबीसीसँग लम्स... |
उत्तर कोरियाका नेता किम जङ-अनकी फुपू छ वर्षपछि सार्वजनिक समारोहमा देखा परिन् | उत्तर कोरियाका नेता किम जङ-अनकी फुपू छ वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन्। उनका पतिलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो। | किम ग्युङ-ही उत्तर कोरियाका संस्थापक किम इल-सङकी छोरी तथा किम जङ-इलकी बहिनी हुन्। विश्वासघात गरेको आरोपमा उनका पति चाङ सङ-थेइकलाई मृत्युदण्ड दिइएपछि उनलाई बाहिर देखिएको थिएन। आइतवार सरकारी सञ्चारमाध्यममा नयाँ वर्षको समारोहमा उनी सहभागी भएको देखिने एउटा तस्बिर सार्वजनिक गर्यो। उत्तर कोरियाली समाचारसंस्था केसीएनएले सार... |
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि | अमेरिकामा ट्रम्प प्रशासनले गत जुलाइमा राष्ट्रपतिले गरेका टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको छ। | त्यसमा राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनमाथि भ्रस्टाचारको छानबिन गर्न आग्रह गरेका छन्। त्यो विवरणमा भनिए अनुसार, बाइडनको छोरा काम गर्ने कम्पनीबारे युक्रेनी अभियोक्ताहरूले थालेको छानबिन बाइडनले रोकिदिएको ट्रम्पले छनक दिएका छन्।... |
कोरोना भाइरस: बढी तौलका मानिसमा सङ्क्रमणको धेरै जोखिम किन | अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो। | तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ। अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई असर गरेको देखिएको हो? कैयौँ अध्ययनको विषय बनेको यही प्रश्नको जवाफ विज्ञहरूले खोज्ने प्रयास गरिरहेका छन्। अध्ययनले के भन्छ? बीएमआई मानिसको वजन र उचाइको अनुपात ह... |
ज्ञानेन्द्र शाहः भारतबाट नेपाल फर्किएका पूर्वराजदम्पतीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि | भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उनीहरूका एक सहयोगीले पुष्टि गरेका छन्। | फाइल तस्बिर ज्ञानेन्द्र शाह गत साता हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएका थिए। पूर्वराजदम्पती नयाँदिल्लीबाट आइतवार नेपाल फर्किएका हुन्। काठमाण्डूमा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव फणिराज पाठकले बीबीसीलाई बताएका छन्। उनका अनुसार अहिले उनीहरू दुवै जना निर्मल निवासमा... |
कोरोना भाइरस सङ्क्रमण : कोभिड-१९ हुनबाट कसरी जोगिने र लक्षण देखिए के गर्ने | महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्। | आफूलाई कसरी जोगाउने? त्यसैले हात धुँदा ध्यान पुर्याउनुहोस् कोरोनाभाइरस: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन् कोरोनाभाइरस सङ्क्रमण भएपछि देखिने लक्षण के हुन्? आफूमा सङ्क्रमणको लक्षण भए जस्तो लागे के गर्ने? सङ्क्रमण भएको आशङ्का लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसो गर्दा सङ्क्रमण अरूलाई सर्ने स... |
गोविन्द केसीद्वारा आरोपको प्रतिवाद | अदालतको अवहेलना गरेको आरोपमा डा. गोविन्द केसीसँग बयान लिएको सर्वोच्च अदालतमा बुधबारदेखि त्यस प्रकरणमा बहस हुने भएको छ। | अदालतको आदेशलगत्तै प्रहरीद्वारा सोमबार गिरफ्तार भएपछि पनि भोक हडताल जारी राखेका डा. केसीलाई बयानपछि वीर अस्पतालभित्र 'सुरक्षा नियन्त्रण'मा राखिएको छ। तीव्र प्रतिक्रिया जन्माइदिएको डा. केसीको गिरफ्तारीको भोलिपल्ट अदालतमा उनको बयान पूरा भएको छ। 'अदालतप्रति सम्मान' उनले अदालतको अवहेलना गरेको भन्ने आरोपको सर्वोच्च अदालत सम... |
विश्वकप क्रिकेट: अपराजित भारत पनि हार्यो, अब कसको स्थिति कस्तो | इङ्ग्ल्यान्डमा भइरहेको विश्वकप क्रिकेट प्रतियोगितामा आइतवार भारतले प्रतियोगिताकै पहिलो हार बेहोरेपछि कुनकुन टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना कसरी बदलिएको छ भन्ने चर्चा चलेको छ। | आठ खेलमा सात जितका साथ १४ अङ्क बटुलिसकेको अस्ट्रेलियाले भने यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिता सुरु हुनुभन्दा ठिकअगाडि इङ्ग्ल्यान्ड नम्बर एक टोली मानिएको थियो। आफ्नै मैदानमा प्रतियोगिता भएका कारण उसको सम्भावना पनि निकै बलियो ठानिएको थियो। तर श्रीलङ्कासँग भएको अनपेक्षित हार तथा अस्ट्रेलिया... |
अमेरिकाको शीतयुद्धकालीन जासुस परेवा | अमेरिकी जासुसी संस्था सीआईएले शीतयुद्धमा कसरी उसले गोप्यरूपमा परेवा, कौवा र डल्फिनलाई जासुसी काममा प्रयोग गर्यो भन्ने बारेको दस्तावेज सार्वजनिक गरेको छ। | ती दस्तावेजहरूमा परेवालाई कसरी सोभियत सङ्घको सामरिक महत्त्वका स्थानहरूको तस्बिर खिच्न प्रयोग गरियो भन्ने बारे विवरण छ। साथै कौवालाई कसरी झ्यालमा जासुसी यन्त्रहरू खसाल्न र डल्फिनलाई पानीमुनिको जासुसी कार्यका लागि प्रयोग गरियो भन्ने बारेमा पनि जानकारी छ। सीआईएले ती जनावरहरूले मानिसलाई गाह्रो हुने कतिपय जासुसी कामहरू गर्न... |
प्रचण्डलाई किन भयो करका कारण सङ्घीयता उल्टने चिन्ता | सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा उत्पन्न हुने असन्तुष्टि सङ्घीयताजस्ता परिवर्तन उल्ट्याउने कारक बन्न सक्ने चिन्ता व्यक्त गरेका छन्। | उद्योगी व्यापारीहरूले ठाउँठाउँमा नयाँ कर लगाइएको भन्दै गुनासो गरेपछि उनले सरकार र पार्टीको नियत त्यस्तो नभएको भन्दै बचाउ गरे। स्थानीय तहहरूले भने आफूलाई संविधानले दिएको अधिकार र दायित्व पूरा गर्ने प्रयास भएको भन्ने गरेका छन्। वातावरण मङ्गलवार उद्योगी व्यापारीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्न वीरगन्ज पुगेका पूर्वप्रध... |
प्रधानमन्त्रीले चुनावमा जानुपर्ने प्रस्ताव गरेपछि प्रचण्ड, रामचन्द्रको प्रतिवाद | राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जान प्रस्ताव गरेपछि आफूहरूले प्रतिवाद गरेको माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूले बताएका छन्। | राष्ट्रपति भण्डारीले सर्वदलीय भेटघाटको आयोजना गरेकी हुन् गत पुसमा प्रतिनिधिसभा विघटन भएपछि संसद् पुनर्स्थापनासहितका घटनाक्रम अघि बढिसक्दा मङ्गलवार पहिलो पटक राष्ट्रपति भण्डारीले सर्वदलीय भेटघाटको आयोजना गराएकी थिइन्। प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्ले अहिले प्रभावकारी भूमिका खेल्न नसकिरहेको भन्दै त्यो अवस्थामा ... |
कोरोनाभाइरस: अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या २,००० नाघ्यो | संयुक्त राज्य अमेरिकामा कोभिड-१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले बताएका छन्। | अहिलेसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट अतिप्रभावित न्यूयोर्क तथा न्यूजर्जीका विभिन्न क्षेत्रमा क्वारन्टीन लागु गर्ने सम्भावनालाई अस्वीकार गरिदिएका छन्। त्यसप्रति ती दुई राज्यका गभर्नरले रोष प्रकट गरेका छन्। न्यूयोर्कका गभर्... |
उत्तर कोरियाद्वारा दुई बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण: दक्षिण कोरिया | उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै त्यहाँको समाचारसंस्था योन्हापले जनाएको छ। | सैनिक अधिकारीलाई उद्धृत गरिएको उक्त संस्थाको समाचारमा होदो प्राय:द्वीपबाट स्थानीय समयानुसार बुधवार बिहान उक्त प्रहार गरिएको उल्लेख छ। उत्तर कोरियाले अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन। जापानका रक्षामन्त्रीले कुनै प्रकारको क्षेप्यास्त्र आफ्नो भूभागसम्म नपुगेको बताएका छन्। गत साता उत्तर कोरियाले दुईवटा छोटो दु... |
सभामुख नेकपाले राखे कांग्रेसलाई उपसभामुख दिनु उपयुक्त: नेता झलनाथ खनाल | सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधि सभाको उपसभामुख पद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिँदा 'उपयुक्त हुने' बताएका छन्। | कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुख मध्ये एउटा पदमा आफ्नो दलको दाबी रहने जनाएका छन्। अहिले नेकपाबाट निर्वाचित शिवमाया तुम्बाहाङफे उपसभामुख छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले 'सभामुख आफ्नै पार्टीले राख्नेमा विवाद नरहेको' बीबीसीलाई बताएका थिए। कांग्रेससँग राम्रो सम्बन्ध संविधानमा फरक लिङ... |
किन कांग्रेसका कतिपय नेता हिन्दूराष्ट्रको पुनर्बहाली चाहन्छन् | नेपालको दक्षिणी छिमेकी भारत मात्र नभई चीन समेत नेपालमा बढिरहेका धर्मप्रचारका कारण नेपालको स्थिरतामा खलल पुग्न सक्ने भन्दै चिन्तित बनिरहेको दावी हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर सङ्कलनको अगुवाइ गरिरहेका एक कांग्रेस नेताले बताएका छन्। | नेता शसाङ्क कोइरालाले आफ्नो दलभित्र हिन्दूराष्ट्र बारेको बहस फेरि शुरू गराएको विश्वास गरिन्छ। नेपाली कांग्रेसको महासमिति बैठकमा समेत नेता तथा महासमिति सदस्यहरूबीच हिन्दू धर्मको रक्षाका सम्बन्धमा "गम्भीर छलफलहरू" भइरहेको पूर्वमन्त्री समेत रहेका केन्द्रीय नेता शङ्कर भण्डारीले बताए। हिन्दू धर्म रक्षाको पक्षमा नेता भण्डारी... |
कासिम सुलेमानीः शवयात्रामा ठूलो सङ्ख्यामा सहभागिता | इराकको राजधानी बगदादमा अमेरिकी हवाई हमलामा शुक्रवार मारिएका इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा ठूलो भिड सहभागी भएको छ। | कासिम सुलेमानीको शव राखिएको कफिन नराखिएको कार वरिपरि शोकमग्न मानिसहरू सुलेमानी इरानको मध्यपूर्व मामिलाका मुख्य शिल्पी थिए र इरानले उनको हत्याको 'कडा बदला' लिने प्रतिज्ञा गरेको छ। शनिवार बगदादमा जम्मा भएको समूहले सुलेमानीको शोक मनाउने पहिलो दिनको शुरूवात गरेको हो। सुलेमानीको निधनमा तीन दिनसम्म शोक मनाउने घोषणा गरिएको छ।... |
वुहान कोरोना भाइरसः उहिले सुनसान देखिने सहरमा अहिले यस्तो भिड लाग्छ | एउटा साङ्गीतिक उत्सवमा भेला भएका हजारौँ मानिसहरूले रमाइलो गरे। त्यहाँ कसैले पनि मास्क लगाएका थिएनन्। | वुहानको एउटा साङ्गीतिक कार्यक्रमा हजारौँ व्यक्तिहरू देखिन्छन् यो चीनको वुहान सहरमा गत सप्ताहान्त देखिएको दृश्य हो। गत वर्षको अन्त्यतिर त्यहीँबाट कोरोनाभाइरस महामारी फैलिन थालेको थियो। वुहान माया बीच वाटर पार्कमा रमाइलो गरिरहेका मानिसहरूका तस्बिरहरू अहिले भाइरल भएका छन्। गत ज्यानुअरी महिनमा वुहानमा लकडाउन लाग्दा उक्त सह... |
क्षेप्यास्त्र केन्द्र बन्द गर्न उत्तर कोरिया सहमत: मून जे-इन | प्योङयाङको भ्रमणमा रहेका दक्षिण कोरियाली नेता मून जे-इनले उत्तर कोरिया स्वतन्त्र निरीक्षकहरूको सुपरिवेक्षणमा स्थायी रुपमा क्षेप्यास्त्र परिक्षण केन्द्र नष्ट गर्न सहमत भएको बताएका छन्। | दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले भनेका छन् उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशमा रहेका क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्ने केन्द्र बन्द गर्न सहमत भएका छन्। प्योङयाङमा भेटेपछि दुई नेता परमाणु अस्त्र निश्शस्त्रीकरणको मार्गमा लाग्न सहमत भएको मूनले बताएका हुन्। कोरियाली प्रायद्वीपमा शान्तिका लागि यो सहमति... |
भारत: बलात्कारको मुद्दा दबाउन 'पीडित किशोरीका बाबुआमालाई पैसा' | गत वर्ष अपहरणपछि सामूहिक बलात्कारमा परेकी एउटी भारतीय किशोरीले आफ्ना बाबुआमाले पीडकहरूबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको आरोप लगाएकी छन्। | दिल्ली प्रहरीले ती किशोरीकी आमालाई पक्राउ गरिएको जनाएको छ। उनका बुवा भने फरार छन् र उनको खोजी हुँदैछ। आफ्ना बाबुआमाले पीडकबाट स्वीकारेको रकम भन्दै ती किशोरी भारतीय रुपैंया पाँच लाख लिएर प्रहरी कार्यालयमा पुगेपछि त्यो घटनाबारे समाचार सार्वजनिक भएको हो। उनलाई अहिले एउटा आश्रयगृहमा राखिएको छ। नयाँ मुद्दा "पीडकहरूले पीडित ... |
‘सांसद्लाई विकास रकम दिने निर्णय गलत’ | संसद्को कार्यकाल सकिने समय नजिकिंदै गर्दा क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका बजेट सासंदहरुलाई खर्च गर्न दिने सरकारको निर्णयको विपक्षमा सत्तारुढ दलकै सासंद उभिएका छन्। | नयाँ उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने सांसदलाई त्यो रकम दिनु भनेको 'चुनाव प्रभावित गर्ने उद्देश्यले सरकारको तर्फबाट अनूचित लाभको अवसर दिएको' ठहरिने उनीहरुले बताएका छन्। सत्तापक्षकै नेताले सरकारको उक्त निर्णय निर्वाचन आचारसंहिता विपरीत रहेको उल्लेख गरेका छन्। निर्वाचन आयोगले सरकारको निर्णयबारे औपचारिक रुपमा मुख खोल... |
क्यालिफोर्नियाको डढेलोमा २९ को मृत्यु | अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलोमा परी ज्यान गुमाउने मानिसहरुको संख्या २९ पुगेको छ। | अधिकारीहरुले डढेलोका कारण स्थिति झन् खराब हुनसक्ने चेतावनी दिएका छन्। उत्तर क्यालिफोर्नियास्थित प्रसिद्ध अंगुर बगान क्षेत्रमा फैलिएको डढेलोपछि सयौं मानिसहरु अझै हराइरहेका छन्। आठ हजारभन्दा बढी अग्निनियन्त्रकहरु डढेलो नियन्त्रणमा लिने प्रयासरत छन्। विस्थापित डढेलोका कारण ३५ सयभन्दा बढी भवनहरु ध्वस्त भएका छन् भने २५ हजार... |
सरकारी जागिरका लागि कुन उमेर उपयुक्त? | निजामती सेवा प्रवेशका लागि न्यूनतम उमेर १६ वर्ष राख्न केही सांसदहरूले प्रस्ताव गरिरहँदा पूर्व प्रशासकहरूले विद्यमान १८ वर्ष नै उपयुक्त हुने धारणा राखेका छन्। | निजामती सेवामा प्रवेश गर्ने व्यक्तिमा आवश्यक परिपक्वता र ज्ञान दुवैका हिसाबले त्यो प्रावधान जायज भएको उनीहरूको तर्क छ। संसदको राज्यव्यस्था तथा सुशासन समितिले अरू कानून अनुसार मिल्ने नमिल्नेबारे हेरेर जानकारी दिन सरकारलाई निर्देशन दिएको छ। सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको वि... |
"डेङ्गीबाट श्रीलङ्कामै सङ्क्रमित भएका थिए खेलाडी" | दक्षिण एशियाली खेलकुद (साग) खेल्न आएका श्रीलङ्काका सात जना खेलाडीहरू नेपाल आउनु अघि नै डेङ्गीबाट सङक्रमित भएको अधिकारीहरूले बताएका छन्। | सागमा सहभागी हुन गत नोभेम्बर २९ तारिखमा श्रीलङ्काका ६४० जना खेलाडीहरू नेपाल आएका थिए। तीमध्ये एकजना टेबल टेनिस खेलाडीको काठमाण्डू पुगेको दुई दिन पछि स्वास्थ्यमा समस्या देखिएको थियो। बाँकी छ जनालाई क्रमिक रूपमा ज्वरो देखिएको र अस्पताल भर्ना गरिएपछि त्यो डेङ्गी रहेको पुष्टि भएको बताइएको छ। श्रीलङ्काको राष्ट्रिय टोलीका चि... |
कोरोना भाइरस: चीनले आफूलाई हराउन जे पनि गर्न सक्ने ट्रम्पको आरोप | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनप्रतिको आफ्नो आलोचनालाई कडा बनाउँदै आफूलाई पुनर्निर्वाचित हुनबाट रोक्न चीनले 'गर्न सक्ने सबै काम' गर्ने बताएका छन्। | रोयटर्स समाचार संस्थालाई ह्वाइट हाउसमा दिएको अन्तर्वार्तामा ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताए। उनले चीनले विश्वलाई सो रोगका बारेमा चाँडै बताउनु पर्ने तर नबताएको दाबी गरे। ट्रम्पलाई अमेरिकामा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ट प्रयास नगरेको आरोप लाग्ने ग... |
‘सुस्त’ पुनर्निर्माणबाट भूकम्पपीडित निराश | स्थानीय तहका जनप्रतिनिधिहरु चुनिएको करिब ६ महिना पुग्न लाग्दा समेत पुनर्निर्माण कार्यले अपेक्षित गति नपाएको भन्दै कैयौँ भूकम्पपीडितले निराशा व्यक्त गरेका छन्। | सुस्त गतिमा पुनर्निर्माण कार्य अघि बढ्दै गर्दा भूकम्पपछिको तेस्रो हिउँद अस्थायी टहरामै बिताउन बाध्य भएको उनीहरु बताउँछन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चाहिँ कतिपय विषयमा अलमलमा देखिएकाले उनीहरुलाई प्रशिक्षण दिन लागिएको जनाएको छ। भूकम्पपछि आफ्नो अस्थायी टहरामै रात बिताउँदै आएका दोलखा बोसिम्फाका एकजना पीडित जितेन थ... |
अस्ट्रेलिया: लाखौँ डलर पर्ने सुन भएका विशाल चट्टान | पश्चिमी अस्ट्रेलियामा लाखौँ डलर मूल्य पर्ने सुन भएका दुईवटा ठूला चट्टान भेटिएको खानी सञ्चालकहरूले बताएका छन्। | क्यानेडेली खनिज कम्पनी आरएनसी मिनरल्सका अनुसार ९५ किलो तौल भएको ठूलो चट्टानमा २४ सय आउन्स (६८ किलो) सुन पाइएको छ। सो कम्पनीले काल्गुर्लीस्थित एउटा खानीबाट गत हप्ता एक करोड १० लाख डलर मूल्य पर्ने सुन उत्खनन गरेको जनाएको छ। एक खानी इन्जिनियरले त्यसलाई 'अतिदुर्लभ' मानेका छन्। कर्टिन विश्वविद्यालयको वेस्टर्न अस्ट्रेलिया स्... |
वायुसेवा निगमले गन्तव्य अझै थप्ने | विहिवारबाट आठौं गन्तव्यको रुपमा दुबईमा नयाँ उडान थालेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यो वर्ष अर्को एउटा अन्तर्राष्ट्रिय गन्तव्य बढाउने योजना बनाएको जनाएको छ। | यो वर्ष राम्रो मुनाफा कमाएको बताएको निगमले तीन वर्षमा चार वटा ठूला विमान किन्ने र उडानलाई युरोपसम्म विस्तार गर्ने योजना बनाएको नेपाल वायुसेवा निगमका अधिकारीले बताएका छन्। तयारी चार वर्ष अगाडि बन्द गरिएको काठमान्डू दुबई उडान विहिबार रातीबाट पुन:शुरु भएको छ। निगमले अब चांडै नै चीनको ग्वाङझाउमा उडान थप्ने तयारी गरेको निगम... |
कोरोना भाइरस भारत: चिसो र प्रदूषण बढ्दै गर्दा दिल्लीमा कोभिड-१९ का बिरामी बढ्न थाले | भारतको राजधानी दिल्लीमा चिसो र वायु प्रदूषण बढेसँगै कोभिड-१९ का बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ। | पछिल्ला दिनमा दिल्लीमा वायु प्रदूषण बढेको छ बुधवार एकैदिन त्यहाँ थप ८,५०० सङ्क्रमित फेला परे जुन अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। साथै त्यहाँ एकैदिन ८५ जनाको ज्यान गएको छ। दिल्लीमा अहिलेसम्म कोरोनाभाइरसका कारण ७,००० मानिसको ज्यान गइसकेको छ। केही महिना मत्थर देखिएको सङ्क्रमण बिस्तारै चुलिन थालेपछि अस्पतालहरूमा चाप ... |
सरकार र राउतबीचको सहमति 'आवश्यक परे सच्याउनु पर्ने माग' किन | नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रवार भएको राजनीतिक सहमतिको सत्तारुढ दलभित्र मात्र नभइ प्रमुख प्रतिपक्षी दलबाट पनि आलोचना भइरहेको छ। | नेपाली कांग्रेसका प्रवक्ताले ओली सरकार र सीके राउत समूहबीच भएको सहमतिबारे उठिरहेका प्रश्नहरूको सरकारले तत्कालै स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले त्यो सहमतिको खासगरी "मतभेदलाई जनमतमा आधारित लोकतान्त्रिक विधिबाट हल गरिने" भन्ने हरफ प्रष्ट्याउनुपर्ने माग गरेका छन्।... |
हङ्कङ तनावः प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप | हङ्कङमा प्रदर्शनका क्रममा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भएका छन्। | फाइल तस्वीर प्रत्यक्ष प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीहरूले लगातार १७ औँ हप्ता प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन गरिएको पाँच वर्ष पुगेको अवसरमा दशौँ हजार प्रदर्शनकारी शनिवार हङ्कङको संसद्नजिकै भेला भएका थिए। पाँच वर्षअघि गरिएको उक्त आन्दोलनको उद्देश्य पनि अहिलेको जस्त... |
मलेशियाबाट भित्रिने रेमिट्यान्समा के को असर | नेपाली श्रमिकहरू मलेशिया जान बन्द भएयता उक्त देशबाट आउने रेमिट्यान्समा पनि निकै नकारात्मक प्रभाव परेको अधिकारीहरूले बताएका छन्। | अघिल्ला महिनामा त्यहाँबाट आउने रेमिट्यान्सको अनुपातमा पछिल्लो महिना करिब ६० करोड रुपियाँ कम भएको राष्ट्र ब्याङ्कले जनाएको छ। केही महिना यता नेपाली मुद्राको तुलनामा डलर महँगो भएका कारण अन्यत्रबाट आउने रेमिट्यान्स रकम भने बढिरहेको अधिकारीहरूले बताएका छन्। मलेशिया नेपाली कामदारहरूको निम्ति सबैभन्दा आकर्षक वैदेशिक रोजगार ग... |
नेपाल-भारत सम्बन्ध: नक्सा विवादयता भारतीय विदेशसचिवको पहिलो नेपाल भ्रमणको मिति सार्वजनिक | नेपालको परराष्ट्र मन्त्रालयले एक वरिष्ठ भारतीय कूटनीतिक अधिकारीले आगामी बिहीवार र शुक्रवार काठमाण्डूको भ्रमण गर्ने बताएको छ। | परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको हो। भारतको विदेश मन्त्रालयले उक्त भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको अभ्यासको निरन्तरता भएको र यसले नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकता झल्काउने उल्लेख गरेको छ। भ्रमणको प... |
'एकता प्रयासलाई तीव्रता दिने सहमति' | नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रयासलाई फेरि तीव्र बनाउने सहमति भएको छ। | सैद्धान्तिक विषयमा कुरा नमिलेपछि विफल भएको भनिएको एकता संयोजन समितिको बैठक आइतवार फेरि हुने भएको छ। दुई दलका अध्यक्षबीचको छलफलले त्यो निचोड निकालेको हो। 'सहअध्यक्षको सूत्रमा एमाले-माओवादी एकता नजिक' 'प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव' एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, "भेटवार्तामा सरकार ... |
नेपाल खोप अभियानः रोटाभाइरस के हो र त्यसविरुद्ध खोप लगाउन किन आवश्यक | नेपालमा पनि लामो समयदेखि चर्चामा रहेको रोटाभाइरसविरुद्ध खोप लगाउने कार्य औपचारिक रूपमा बिहीवारदेखि सुरु भएको छ। | काठमाण्डूका आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र सचिव लक्ष्मण अर्याले दुई बालबालिकालाई उक्त खोप खुवाएर खोप अभियान आरम्भ गरेका थिए। विशेषगरी पाँच वर्षमुनिका बालबालिकालाई सङ्क्रमण गर्ने रोटाभाइरसविरुद्ध केही वर्षअघि नै खोप सुरु गर्ने बताइएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार... |
कोरोनाभाइरस: भारतको झुपडीबस्तीमा सङ्क्रमण रोक्न सङ्घर्ष | मार्च २३ मा पश्चिम भारतको महानगर मुम्बईस्थित विशाल र बाक्लो बस्ती भएको झुपडीबस्तीमा एकजना ५६ वर्षीय पुरुष ज्वरो र खोकीको गुनासो लिएर चिकित्सककहाँ पुगे। | कपडाका ती व्यापारी अढाइ वर्ग किलोमिटरभित्र पाँच लाख मानिसको बसोबास रहेको धाराबी झुपडीबस्तीमा बस्थे। स्थानीय चिकित्सकले ती व्यक्तिको जाँच गरे र उनलाई खोकीको औषधी र प्यारासिटामोल दिएर पठाइदिए। तीन दिनपछि ती पुरुष नजिकैको सायन नामक निजी अस्पताल पुगे। उनको ज्वरो बढेको थियो भने खोकी पनि झन् खराब भएको थियो। आफूले कतै बाहिर य... |
५४२ फिट अग्लो बुद्ध मूर्तिको 'डीपीआर तयार' | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा पर्ने झापाको दमक नगरपालिकामा बन्ने भनिएको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको दमक नगरपालिका कार्यालयले जनाएको छ । | त्यस्तै चिनियाँ सरकारको लगानीमा बन्ने भनिएको औद्योगिक पार्क निर्माण परियोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्ने तयारी भइरहेको कार्यालयका कार्यकारी अधिकृतले बताए। ती परियोजनाहरुका लागि जग्गा अधिग्रहण गर्ने काम पनि नसकिएको हुनाले शंका गर्ने ठाउँ प्रशस्त रहेको विपक्षी दलका नेताहरुले प्रतिक्रिया दिएका छन्। सहयोग द... |
अभिनन्दन वर्तमान: पाकिस्तानले बुझायो भारतीय वायुसेनाका पाइलट भारतलाई | पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ। | भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो। पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए। उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो। चिकित्सकीय परीक्षण उनलाई लिएर पाकिस... |
किशोरीको व्यथा: आफूलाई बन्धक बनाउनेसँग जम्काभेट हुँदा… | इस्लामिक स्टेट (आईएस) लडाकु समूहद्वारा दासीको रूपमा बेचिएकी एक किशोरीले भागेर जर्मनी पुग्दा आफूलाई बन्धक बनाएकै व्यक्तिसँग त्यहाँको सडकमा जम्काभेट भएपछिको त्रासदी बीबीसीलाई सुनाएकी छन्। | आईएसका लडाकुले यजिदी समुदायको बहुल क्षेत्रसहित उत्तरी इराकमा कब्जा जमाउँदा अश्वाक १४ वर्षकी मात्र थिइन्। लडाकुहरूले हजारौं महिलासँगै अश्वाकलाई पनि यौनदासी बनाए र उनलाई एक सय डलरमा अबु हमाम नाम गरेका व्यक्तिसँग बेचिदिए। उनी बलात्कृत भइन्, पिटिइन अनि तीन महिनापछि भाग्न सफल भइन्। त्यसपछि उनी आफ्नी आमा र एकजना भाइसँग जर्मन... |
कोरोनाभाइरस: वुहानमा नवजात शिशुलाई सङ्क्रमण भएको पुष्टि | चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। | चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती शिशुको गत मङ्गलवार जन्म भएको थियो। सुत्केरी हुनुअघि नै उनकी आमालाई सङ्क्रमण भएको पत्ता लागेको थियो। कसरी सर्यो भाइरस? तर ती शिशुमा गर्भावस्थाम... |
करोडौँ वर्षअघि भीमकाय डाइनसोरका पुर्खा ‘वामन भएको प्रमाण’ | करोडौँ वर्षअघि पृथ्वीबाट लोप भएका डाइनसोरहरू भीमकाय थिए भन्ने धेरै बुझाइ छ। | म्याडग्यास्करमा सन् १९९८ मा भेटिएको जीवाश्मको अनुसन्धान गरेर वैज्ञानिकहरूले एउटा शोधपत्र प्रकाशित गरेका छन् तर एउटा नयाँ अनुसन्धानका क्रममा तिनका पुर्खा वामन भएको प्रमाण फेला परेको छ। म्याडग्यास्करमा भेटिएको डाइनसोरको नातेदारको एउटा जीवाश्ममा त्यस्तो प्रमाण भेटिएको हो। उक्त जीव झन्डै २३.७ करोड वर्षअघि त्यो क्षेत्रमा वि... |
नेत्रविक्रम चन्द नेतृत्वको दलको पोलिटब्यूरो र स्थायी समिति भङ्ग, पाँच सम्भावित कारण यस्ता छन् | नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरेको सो पार्टीनिकट स्रोतले पुष्टि गरेको छ। | स्रोतले बीबीसी नेपालीलाई बताएअनुसार पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरी सचिवालय गठन गरिएको छ। "अब पाँच सदस्यीय सचिवालय उहाँ (नेत्रविक्रम चन्द 'विप्लव') कै नेतृत्वमा हुनेछ," स्रोतले भन्यो। ती स्रोतका अनुसार १७ जना केन्द्रीय सदस्यलाई उनीहरूको जिम्मेवारीबाट हटाइएको छ। नेकपाका उपत्यका ब्यूरो इन्चार्जसहित केही केन्द्रीय नेत... |
बेलारुस: राष्ट्रपतिको र्यालीलाई छायामा पार्दै सामूहिक प्रदर्शन | बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काका विपक्षीहरू दशौँ हजारको सङ्ख्यामा राजधानी मिन्स्कमा भेला भएर विवादित चुनावविरूद्ध प्रदर्शन गरेका छन्। | सरकार समर्थक प्रदर्शन विपक्षीको भन्दा सानो थियो धाँधलीपूर्ण भनिएको चुनावी नतिजा र विगतका प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपलाई लिएर बढ्दो आक्रोशकाबीच 'स्वतन्त्रताको निम्ति अभियान' भन्ने मूल नाराका साथ उनीहरू राजधानीमा भेला भएका हुन्। समाचारमा जनाइए अनुसार राष्ट्रपति विरोधी प्रदर्शनमा करिब दुई लाख २० हजार मानिस सहभागी भएक... |
कोरोना भाइरस: अन्तर्राष्ट्रिय ऋणमा सहुलियत वा माफी भए नेपाललाई के कस्तो फाइदा होला | नेपालको काँधमा कुल ११ खर्ब रुपैयाँको ऋण छ र हरेक वर्ष देशले दशौँ अर्ब रुपैयाँ ऋण र ब्याज तिर्न खर्च गरिरहेको छ। | पछिल्लो आँकडा अनुसार नेपालको थाप्लोमा विदेशी ऋण साढे ६ खर्ब अनि आन्तरिक ऋण साढे ४ खर्ब रुपैयाँ छ। चालु वर्षको बजेटमा सरकारले १ खर्ब ६७ अर्ब रुपैयाँ वित्तीय व्यवस्था भनेर यिनै ऋण तथा ब्याज भुक्तानीका निम्ति छुट्ट्याइएको थियो। हरेक वर्ष निश्चित् रकम छुट्ट्याएर ऋण तथा ब्याजको भुक्तानी निरन्तर गर्दै आएकाले नेपाल यस मामिलाम... |
श्रीलंकाः धर्मसन्तानका रुपमा हजारौं शिशुको विक्री | श्रीलंकाका अधिकारीहरुले सन् १९८० को दशकताका हजारौं शिशुलाई धर्मपुत्र वा पुत्री बनाउनका निम्ति जालसाजीपूर्ण ढंगले विदेशमा बेचिएको स्वीकार गरेका छन्। | डच भाषामा निर्मित एउटा वृत्तचित्रमा उनीहरुले ११ हजार जति बालबालिका युरोपका परिवारमा बेचिएको हुनसक्ने र दुवै पक्षलाई नक्कली कागजातहरु दिइएको स्वीकारेका छन्। तीमध्ये केही शिशु बेबी फार्म भनिने पश्चिमा देशलाई शिशुहरु बेच्ने शिशु केन्द्रहरुमा जन्मिएको बताइएको छ। श्रीलंकाका स्वास्थ्यमन्त्रीले डच भाषाको एक समसामयिक विषयको का... |
विश्वकप २०१८: उद्घाटन खेलमा रुस विजयी | रुसमा एउटा भव्य समारोहबीच आरम्भ भएको विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो। | उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रङ्गशालामा हजारौँ फुटबलप्रेमी उपस्थित भएका थिए रुसले सउदी अरबको शून्य विरुद्ध पाँच गोलले जित हासिल गर्यो। उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रंगशालामा हजारौं मानिस उपस्थित भएका थिए। आयोजना रुसले अर्बौँ डलरको लागतमा विश्वकपको आयोजना गरिरहेको छ। तीव्र रूपमा एक्ल... |
कोरोना भाइरस: के संसारमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने भारतमै खोपको अभाव हुन थालेको हो? | दुई दिनदेखि भारतको उत्तर प्रदेशका सञ्जय कुमारले आफू र आफ्नी आमालाई कोरोनाभाइरस खोप लगाउन खोजिरहेका थिए। | दिल्लीको बाहिरी भागमा पर्ने गाजियावादमा बस्ने समाजशास्त्री डा. कुमारले सुनाए, "मैले आसपासका तीन वटा निजी अस्पतालमा फोन गरेँ र ती सबैले खोपका मात्रा सकिएको बताए।" तीमध्ये एउटा ५० शय्याको अस्पताल हो। त्यहाँकी एक जनसम्पर्क अधिकृतले भने, "हामीसँग मौज्दात खोप सकिएको छ र हामीले यतिखेर मानिसहरूको नाम दर्ता समेत गरिरहेका छैनौँ... |
कोरोनाभाइरस: इटलीमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक, चीनभन्दा पनि धेरै | इटलीमा कोरोनाभाइसका कारण एकै दिन ४२७ जनाको ज्यान गएपछि त्यहाँ कोभिड-१९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको देखिएको छ। | इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन्। त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो। चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठिरहेका छन्। नयाँ निर्देशन मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.